बसन्त राज सुब्बा
झापा कमल गाऊँपालिका स्थित वार्ड ४ सगरमाथा टोलका इन्द्र आङदेम्बे घरमा विगत ४ महीना देखि वर्षा चेम्जोङ जीवनमरणको दोषाधमा थन्कीएर छिन ।
सो खबर BRS channel,मुग्लानी खबर लगायत विभिन्न ऑनलाइन मिडियामा१ महीना अघि प्रसारण भएको थियो । स्थानीय सामाजिक अभियंता रोसन लिम्बुले उक्त विषयको बारे जानकारी लिदै गराउदै देश विदेश सम्म रहनु हुने मित्रजनहरुमा सहयोगको पहल गरी उक्त थाहा पाए पछि उपचारको लागि केहि सहयोग पश्चिमका ( जैैैैैमिनि नगरपालिका) बागलुङ हाल जापानमा रहनु हुने दीपक पौडेल , प्रकास केसी लगायत बाट पठाएको रकम हस्तान्तरण गरिएको छ ।
उहाँ हरुबाट रु २०००० सहयोग पठाएको र सहयोग रकम जनता समाजवादी पार्टीका युवा नेता रोसन लिम्बुको हातबाट आज मिति २०७७ असार १० गते बुधवार वर्षा चेम्जोङलाई पठाएको सहयोग रुपी प्रदान गरिएको छ । उहाँ पूर्व राजपा प्रदेश १ युवा अध्यक्ष तथा वाल्क नेपाल संस्थाका सचिब साथै विभिन्न संघ संस्थामा आवर्द हुनु हुन्छ ।
त्यस्तै गरी उपचारको लागि साउदीबाट पठाएको रकम रु ५२८७० बुद्र राज चेम्जोङ मार्फत र दमकबाट रु १०७१० राम चेम्जोङ मॉर्फत र मलेसियाबाट रु ४८२३०आसपाल चेम्जोङ मॉर्फत त्यसै गरी दक्षिण कोरियाबाट प्रेम चेम्जोङ मॉर्फत रु ७०४६६ रकम वर्षा चेम्जोङ परिवारलाई भक्त बहादुर चेम्जोङले हस्तांतरण गरिएको थियो ।
आईत बहादुर चेम्जोङ आमा आईत माया लिम्बुको छोरी यही कमल गाउँपालिका वार्ड ४ मा रहेकी वर्षा लिम्बूका परिवार आर्थिक कमजोरले धाम्न नसकेकाले उनी जन्मीएको पाचथर फागुन्द गाऊँपालिका वार्ड ७ मा दुख सुख परिवार धान्दै आएको अवस्थामा यही मिति २०७६ फागुन ११ गते देखी अचानक शरीर दुख्ने कम्बर नचल्ने एउटा वर्चपात नै आईपर्यो ।
त्यस पछि उपचारको क्रममा ५ लाख ऑपरेशन गर्न लाग्ने डाक्टरले सुझाव दिए पछि आर्थिक सहयोग जुटाई आउने सहयोग बाटै मिति २०७७/जेष्ठ ११गते वर्षा चेम्जोङलाई बिराटनगर नोबेल हस्पिटलमा ल्याई ऑपरेशन गरी उपचार गरी रहेको उक्त आफन्त इन्द्र आङदेम्बेले जानकारी दिएका छन । र अहिले उनी ऑपरेशन सकीएर घर मै बसीरहेको छन् ।
। पीड़ित वर्षा चेन्जोङको परिवारले सहयोग गरीदिनु हुने देश विदेश रहनु भएका सहयोगी दाताहरुमा धन्यवाद व्यक्त गर्दै रोसन लिम्बुलाई खुसी व्यक्त गरे ।
पीड़ित बैनी वर्षा चेम्जोङलाई स्वास्थ्यमा निगरानी राख्दै सुस्वास्थ्यको कामना लिम्बुले गरे ।
थप जानाकारिको लागि सम्पर्क :
विमारीको बुवा आईत बहादुर चेम्जोङ
९८१६९६५३८२, ९८६३८९३१५५