नेपालमा कोरोनाभाइरस संक्रमितको निको हुने संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट चार सय ७० जना मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनअनुसार पछिल्लो २४ घण्टामा ४७० जना डिस्चार्ज हुनेमा तीन सय ३८ जना पुरुष र ३२ महिला रहेका छन् । योसँगै हालसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या २१४२ पुगेको छ ।जसमध्ये १९६१ पुरुष र १६१ महिला रहेका प्रवक्ता डा गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका ५३५ मध्ये ४६१ पुरुष र ७४ जना महिला रहेका छन् ।
उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा मोरङका १२, सप्तरीका १५, झापाका ३, धनुषका १०, महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६, जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङ्जाको ३३, पाल्पाका ९०, प्युठानका ३०, रौतहटका ३४, रुपन्देहीका १३, चितवनका ५, नवलपरासी पूर्वका २४, ओखलढुङ्गाका १, तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।