मुग्लानी खबर
8 जुलाई 2017- शनिबार
सन्ध्या ग्रुप कतार अन्तर्गत रहेको साहित्यिक पाटो(साहित्य जीवन र जगतको दर्पण हो)भन्ने मुल नारा बोकेको
मुग्लानी सौगातले मासिकरुपमा गर्दै आएको ५१औं वाचन शृङ्खला डबली यहि गत ६ जुलाई बिहिबारका दिन सन्ध्या ग्रुपको आफ्नै कार्यालय अलखोर कतारमा बाक्लो उपस्थितिका बिच भव्यताका साथ सम्पन्न गरेको छ ।
सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रबासी तामाङ समाज कतार तथा सन्ध्या ग्रुप कतारका प्रमुख सल्लाहकार थर्च लामा रहेका थिए भने बिशेष अतिथीहरुमा लाली गुरास फाउन्डेसनका संस्थापक अध्यक्ष गोपाल न्यौपाने,ट्रागस युथ ग्रुपका प्रमुख सल्लाहकार सुर्य गुरुङ, कराते खेलका प्रसिक्षक थ्री डन तथा समाज सेवी रोसन तामाङ र नगेन्द्र बि.क रहेका थिए । त्यस्तै अतिथिहरु नेपाल प्रबासी तामाङ समाज कतारका सदस्य रबिन्द्र तामाङ,राजु बुढाथोकी,डान्सर राज गुरुङ,फोटो पत्रकार रोशन बुढाथोकी,जगत भाट क्षेत्रि लगायतका बुद्दिजीवी,समाजसेबी र पत्रकार लगायतको कार्यक्रममा सहभागीहरुको आथित्यता रहेको थियो ।
प्रदेसको भुमीमा रहेरपनि देश र माटोलाई सम्झिदै उपस्थित सबैले राष्ट्रिय गान गाएर औपचारिक रुपमा सुरु भएको मुग्लानी सौगातको ५१औं वाचन कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले आफ्ना रचना भावना,बिचार र मन्तब्यहरु राखेका थिए जसनुसार संजिव खाती,राज परियार,राज रुजाल,श्याम बराइली,रबिन्द्र तामाङ,हर्क बहादुर खड्का,राम दास भुर्तेल,सुदिप पोखेरल,प्रकाश सुबेदी,नगेन्द्र बि.क,रोशन तामाङ,सुर्य गुरुङ,गणेश क्षेत्री र दुबैबाट पनि पारु बस्नेत लगायतले कार्यक्रममा एक पछि अर्को गर्दै उकाली ओराली गाउँ परिबेश समय अहिलेको राजनितिक घटनाक्रम र परदेसमा भोगेका दुखः कस्ट समेटेर तयार पारेका साहित्यिक लेख रचनाका खुराकहरु वाचन गर्दा कार्यक्रममा उपस्थित साहित्यिक सर्जक तथा अतिथि हरुले ताली बजाएर साथमा साथ दिएका थिए भने साहित्यिक माहोलले हल तताउन सफल रहेको थियो।
त्यसैगरि बिशेष अतिथि लाली गुरास फाउन्डेसनका संस्थापक गोपाल न्यौपानेले आफ्ना मन्तब्य राख्दै यो सभाहलमा पहिलो चोटी आएको र आफुलाई प्रदेसमा नरहेको महसुस भएको बताउनुको साथै ५१औं वाचन सृङ्खला कार्यक्रमले नेपाली साहित्य लाई अझै माथि उकास्न टेवा पुगेको र प्रवासबाटै यसरी साहित्यिक कार्यक्रम गर्नु ठूलो कुरा भएको बताउदै आफ्नो संस्था लाली गुरास फाउन्डेसनको बारेमा बोल्दै यो एउटा सामजिक सेवामुलक संस्था स्थापना गरेको र पुर्व देखि पश्चिम सम्मका चौध अञ्चल पचहत्तर जिल्लाकै सम्पूर्ण नेपालीहरु आबद्ध रहेर यो अभियानलाई सफल पार्नुपर्ने बताए।
प्रमुख अतिथि तामाङले कार्यक्रममा बोल्दै सस्था निर्माण देखि साहित्यलाई माया गर्ने मुग्लानी सौगात को सुरुवात गर्ने सेलिङ केसी लगाय त सहयोग पुर्याई मलजल गर्ने अग्रज ब्यक्तित्वहरुलाई सम्झिदै कतारका विभिन्न कुनामा रहेर नेपाली सहित्यलाइ माया गर्नु गरि पाल्नुहुने सबैलाई धन्यबाद दिदै प्रबासमा रहेरपनि नेपाली साहित्यिक कार्यक्रम गर्न पाउनु खुसीको कुरा रहेको बताए।आफुलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरेकोमा आयोजक टीमप्रती धन्यबाद ब्यक्त गरेका थिए।
कार्यक्रमका सभापती बिरेन्द्र कुमार याक्थुम्बाले कार्यक्रम एकदमै सभ्यभब्य रुपमा सम्पन्न भएको र निमन्त्रणालाई सहजै स्विकारेर कार्यक्रमलाई सफल पार्न उपस्थित सम्पूर्ण साहित्यप्रेमी सर्जक स्रस्टा बिभिन्न संघ सस्थाबाट पाल्नुभएका सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको संचालन सस्थाका महासचिव सन्तोष कुवर र उपस्थित सबैलाई स्वागत सदस्य प्रकाश बोहोराले राखेका थिए ।
थप तस्विरहरु