विश्व दुनियाँ दिन प्रतिदिन बिकाश तर्फ लम्किरहेको छ। नयाँ आबिस्कारहरु,चमत्कारहरु भैइरहेका छन।स्वास्थ्य सम्बन्धी चेकजाचका अनेकौ उपकरणको आबिस्कार भैइसकेको छ तर मानव स्वास्थ्यमा प्रतिकुल असर भने परिरहेको छ।
पछाडी फर्केर हेर्ने हो भने अहिलेका अत्याधुनिक औजार मेसिन उपकरण चिकित्सा पद्धतिका आबिस्कार भएपनी पहिलेका मान्छे स्वस्थ तन्दुरुस्ती रहेको बुझिन्छ। मान्छेहरु किन अहिलेको दाजोमा पहिलेका मान्छे स्वस्थ थिए त?? भन्ने बिषयमा सबैलाई कौतुहलता तथा जिज्ञासा् हुन सक्छ त्यो हो योगाभ्यास।अहिलेका मान्छेले त्यो योगाभ्यासको महत्वबारे बिश्वले बुझिसकेको छ जसको ज्वलन्त उदाहरण हो बिहान बेलुका सुकुल बिछ्छ्याएर योग अभ्यास गर्नेहरुको संख्यामा दिन प्रतिदिन बिस्वभरी बढिरहेको छ।
एक हिसाबमा योग भनेको केवल व्यायाम मात्र हो अर्थात चित्त र वृत्तिको निरोध नै योग हो भने "योग"को अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम योग भित्र पर्दछन।
योगसूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार अादिनाथ भग्वान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । हजारौं वर्ष पहिले पतञ्जली नामका महात्माद्वारा शुरुवात गरिएका १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यास रहेको बुझिन्छ। पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए ।
जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ । मुस्लिम समूदायमा समेत यसलाई योगसूत्रको अनसावदका रुपमा प्रयोग गरिएको छ ।महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतीक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ ।
विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१४ वाट मनाउन शुरुगरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि असम्भव रहेको छ।योग बिध्या सिक्दैमा वा गर्दैमा साधु सन्त बन्नुपर्छ सबै चिज त्याग्नुपर्छ भन्ने होईन बरु दैनिक जिवनमा प्रयोग ल्याउन सकिए स्वस्थ निरोगी र शान्ती मिल्ने पक्का छ।