तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण तामाङ भाषा,धर्म लिपि र साँस्कृतिको प्रबर्द्धन गरौं भन्ने नाराका सन २००५ मा कतारमा स्थापित सामाजिक संस्था नेपाल प्रवासी तामाङ समाज कतारले बिभिन्न चाड पर्व तथा उत्सवहरुको अवसर पारेर भाषा,धर्म,कला,संस्कृतिलाई जगेर्ना गर्ने मूल उदेश्यका साथ कार्यक्रमहरु गर्दै आएको कुरा अवगत नै छ । तथापि बर्तमान समय भनेको आर्थिक क्रान्ति पनि रहेकोले सामुहिक लगानिको मूल उदेश्यलाई उच्च प्राथमिकतामा राख्दै कतारमा मात्र नभई विश्व भरि छरिएर बसोबास गरि रहेको नेपाली दाज्यु भाई तथा दिदि बहिनिहरुलाई सामुहिक लगानीको भावी परियोजनामा समाबेश (लगानी गर्न) हुन प्रेरित गर्ने र गराउने कार्य बिगत केहि बर्षदेखि निरन्तर भै रहेको छ । जसका बाबजुत अहिले नेपालमा छिमेकी मार्ट लिमिटेडको स्थापना गरि सफल ब्यबसायिक उदाहरण बनाउन पाउदा गर्ब र दायित्व बोध हुन्छ ।
सफलताको हरेक इतिहासको पछाडी कोहि न कोहिको हात रहे झै यस छिमेकि मार्ट लिमिटेडलाई सफल बनाउन प्रत्यक्ष रुपमा नेपाल प्रबासी तामांग समाज कतारले मुख्य भूमिका निभाएको र फेरी पनि निरन्तर रुपले धेरै परियोजनाहरुलाई लक्ष्यदेखि सफलताको सिढीसम्म पुर्याउन यस नेपाल तामांग समाज कतारले निम्न बमोजिमको मिति, स्थान र समयमा “
सस्थागत पृष्ठभूमि छलफल तथा छिमेकी मार्ट लिमिटेडको परिचयात्मक र सामुहिक लगानीमा आब्हान कार्यक्रम” को आयोजना गर्ने आयोजकले जानाकारि गराएको छ । कार्यक्रममा कतारमा रहेका सबै संघ संस्थाको प्रतिनिधि हरु ,बुद्धिजीवी हरु,पत्रकार,आम तामाङ तथा गैर तामाङ दाजुभाइ दिदीबहिनीहरुमा उपस्थित हुनको लागि अनुरोध गरेको छ ।
कार्यक्रम हुने :
स्थान : न्यु स्टार रेस्टुरेन्ट, कर्वा बस पार्क नजिक, दोहा, कतार
मिति : १४ जुलाई, २०१७ शुक्रबार
समय : बिहान ११:०० देखि
बिशेष जानकारीको लागि निम्न ब्यक्तिहरु संग पनि सम्पर्क गर्नसक्नुहुने आयोजक संस्थाहरु नेपाल प्रवासी तामाङ समाज कतार र छिमेकि मार्ट ले जानाकारि गराएको छ ।
१, शंख लाल तामाङ : ५५३५३८८१,
२, नर बहादुर तामाङ : ६६१६३८७५,
३, तिर्थ थिङ तामाङ : ७०३१७७३३,
४, थर्चा लामा तामाङ : ३०९९८३०५,
५, गणेश ब्लेन्थेन तामाङ : ५०६२३९५३,
६, कमल योञ्जन तामाङ : ५०३१८४९३,
७, धिरेन तामाङ : ६६०६५१००,
८, प्रकाश मम्बा तामाङ : ३३२७९८३५,
९, तेज मोक्तान तामाङ : ७७२७०५९१