पछिल्लो समयका करोडौ नेपालीका मन मुटुमा बस्न सफल चर्चित गायक प्रमोद खरेललाई पुत्रीलाभ भएको छ।
गायक खरेलले आफ्नो फेसबुक स्टाटस जारी गर्दै "जिन्दगीले अर्को खुशीको आकाश छोएको छ,घरमा #लक्ष्मीको आगमन भएको छ" भन्दै दुईघन्टा अगाडी लेखेका छन।
त्यसैगरी लामो प्रशव पीडा र कठिन संघर्ष पछि छोरीको जन्म भएको र सफल प्रसुतीको लागि खट्नुहुने सम्पुर्ण डाक्टरहरु,अल्का हस्पिटल टिम लगाएत शुभेच्छुक ,भगवान र प्रार्थना गरिदिनुहुने सबैप्रती आभार ब्यक्त गरेका छ्न।
स्टाटस जस्ताको तस्तै:
जीन्दगीले अर्को खुशीको आकाश छोएको छ,
घरमा #लक्ष्मी को आगमन भएको छ ...
तर..😔😔
भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन...तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं