हाल नेपालको पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल प्रदेश १ र सु.प प्रदेशका तराई भू-भाग तथा देशभर पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार आजअ ०२ गते (मंगलबार) दिनभरिको मौसम तथा जलवायु यस्तो रहनेछ।
दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको बाबमति, गण्डकी र प्रदेश ५का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता मौसम तथा जलवायु पुर्बानुमान महाशाखाले अनुरोध गरेको छ
जारी मितिः २०७७-०२-३२, सांझ ०६:०० बजे)