अमेरिकी सैनिकको सङ्ख्या बढाउने पोल्याण्डको योजनाबारे प्रधानमन्त्री मातेउज मोराविकीले सोमबार जर्मनीलाई आश्वस्त पार्नुभएको छ ।
पोल्याण्डमा अमेरिकी सैनिकको सङ्ख्या बढाउने बिषय जर्मनीले असहज रूपमा लिएपछि पोल्याण्डको सरकारको तर्फबाट जर्मनीको विश्वास लिने प्रयास भएको हो ।
सोमबारको एक अन्तवार्तामा मोराविकीले भन्नुभयो, “अमेरिकाले जर्मनीमा आफ्नो सैनिकको उपस्थितिलाई घटाउने योजना वाल स्ट्रिट जोर्नलमा प्रकाशित समाचारमा आएको केही दिनपछि पोल्याण्डमा अमेरिकी सैनिकको केही सङ्ख्यालाई बढाउने योजना अघि सारिएको हो । ।”
“हाम्रो चाहना अमेरिकी सेनाको जर्मनीमा हुने खर्चमा कटौति गर्ने होइन,” प्रधानमन्त्री मोराविकीले बाल्टिक न्यूज सर्भिस (बीएनएस)सँगको अन्तवार्तामा भन्नुभयो ।
जर्मन विदेश मन्त्री हेको मासको मङ्गलबार हुने वार्सा भ्रमणको पूर्वसन्ध्यामा पोलिस प्रधानमन्त्रीको यो भनाई आएको हो ।
अमेरिकाले जर्मनीमा रहेको आफ्नो सैनिक सङ्ख्यालाई ३४ हजार ५०० बाट २५ हजारमा झार्ने अमेरिकी योजना र पोल्याण्डमा अमेरिकी सैनिक थप्ने चर्चाप्रति जर्मनीका राजनीतिज्ञरूले चासो व्यक्त गरिरहेका समय पोल्याण्डका प्रधानमन्त्रीले जर्मनीको सङ्ख्या काटेर पोल्याण्डमा लाने नभै अमेरिकासँग यसबारे छुट्टै छलफल भइरहेको बताउनभएको छ ।
जर्मनीको सेना काटेर पोल्याण्ड लाने बिषय नेटो गठबन्धनमाथि घातक र रूसी रणनीतिकको अर्को विजय हुने भन्दै उहाँले जर्मनीलाई विश्वस्त पार्ने प्रयास गर्नुभएको छ । तर अमेरिकाले जर्मनीबाट हटाउने सैनिकलाई पोल्याण्डमा राख्ने हो वा छुट्टै थप वललाई यूरोप ल्याउने हो भन्नेबारे अझै प्रष्ट भएको छैन ।