राजेश प्रसाईं `बिद्रोही´- चिनको बुहान शहरबाट शुरू भएर आज विश्व माहामारीको रूपमा covid-१९ यानिकि कोरोना भाइरसका कारण संसार भर थुप्रै मानिसहरूको ज्यान समेत लिई सकेको छ ! जस्का कारण बिदेशिभूमिमा कोरोना कै कारण मलाई पनि पुनरुत्पत्ति भएको महसुस् भएको छ मतलव उचित उपचार पाएर काममा फर्किन सफल भएको छु | यसको श्रेय मलाई उपचारमा संलग्न डक्टर तथा नर्सहरूलाई नै जान्छ वहाँहरू सम्पूर्णलाई हृदय देखि नै आभार ब्यक्त गर्न चाँहान्छु |
विदेशीभूमिमा शत्रुलाई पनि यस्तो माहामारीको अापत स्थितिहरू अाई नपरोस् जस्का कारण अकाल मै ज्यान गुमाउने देखि रोगले दिएका यातनाहरू अविस्मरणिय छन् जस्ले संझिदा झस्काई रहन्छ अझै पनि पिडाहरूले | मानिसहरूलाई अझै पनि भ्रम नै छ कोरोना केही पनि होइन भन्ने तर.... जस्ले परिणाम भोगेर सफल हुन्छ मरणासन्न अवस्था सम्म पुगेर फर्किन्छ उसले चोट के हो थाहा पाउछ |
अब म प्रसंग बदलेर यथार्थ मैले भोगेका बिषयमा प्रष्ट पार्न गई रहेको छु जसका कारण सबैलाई सचेत बन्ने प्रेरणा मिलोस् भन्न चाँहान्छु | जुन तरिकाले मैले भोगेको छु सबैले भोग्नु पर्दैन मतलब सबै जनालाई मलाई जस्तै सिकिस्त बनाउदैन | म सचेत नबनेर भोगेको भन्नू होला पक्कै पनि होईन कम्पनिमा सुरक्षा निक्कै राम्रो ब्यवस्था छ | सरूवा रोग भएकोले कुनै न कुनै माध्यमबाट पक्कै पनि प्रवासमा एक दिन भन्नाले कुनै पनि समय सबैले भोग्नु पर्ने बाध्यता भने छ | तर..... डराउनु पर्दैन सबैलाई मेरो जस्तो समस्या भने उत्पन्न हुदैन र यहिँ अर्को साथीहरूको भ्रम र अफवाह फैलाएको कुरालाई थोरै प्रष्ट पार्न चाँहान्छु ! कुरा के हो भने कोरोना लाग्यो भने मान्छेहरू बाँच्दैनन् किन कि यसको कुनै पनि अौषधी विश्वमा पत्ता लगाएको छैन भनेर समाजमा अफवाफ फैलाउन पनि अावश्यक छैन | उपचार हुन्छ लक्षणका अाधारमा पहिला बनेका अौषधीहरूले नै काम गर्छन समयमा अस्पताल पुग्न सक्नु पर्छ | सामान्य रूघा ,खोकि र ज्वरो अत्याधिक मात्रामा बढ्यो भने गुप्तवास बसेर पोषण युक्त खाने कुरा भिटामिन सि पाइने फलफूलहरू प्रयोग गर्न अति अावश्यक देखिन्छ |
साउदी अरबमा पनि कोभिड-१९ को प्रभाव निक्कै देखिदै थियो | काम गर्ने कार्य स्थलमा पनि सबै सुरक्षाका उपायहरू सेनिटाइजर,रबरका पञ्जाहरू र मुखमा माक्स बिना कोहि पनि प्रवेश गर्न निषेध थियो | आकस्मिक काम परे बोलाउने नत्र कोठा मै अाराम गर्ने कार्यरत कम्पनिको नियम पालना गरेका थियौं | म कोठामा नै थिए आराममा एक दिन एक्कासी ज्वरो र खोकि एकै साथ अायो सामान्य विमार होला भन्ने सोचिन नजिकैको हकिमिमा गए डाक्टरले लक्षणका आधारमा भन्दै दवाई दिनु भयो ! अन्जान हुन्छ अाफूले नजानेको बिषयमा त्यहि भएर भगवानको कृपा भन्दै भने बमोजिम औषधी सेवन गर्दै गए विमार भने झन झन तिब्र रूपमा बढि रहेको थियो | केही दिन विराउदै हाकिमिका चिकित्सकलाई जचाँई रहें केही सुधार देखिएन |
एक किसिमले म ओछ्यान परि सकेको थिए मलाई केही गर्ने आट सम्म थिएन | ज्वरो भन्भन्ति आई रहन्थ्यो पसिनाले ओछ्यान भिज्थियो,शरीर भतभत्ति पोल्थ्यो | आरणिय दाजु उत्तर चौधरी,भाइ धर्म सारू मगरले र कहिले काहीँ दाजु राज कुमार नेपालले जाउलो ओछ्यान मै दिनु हुन्थियो यो वहाँहरूले म प्रति लाउनु भएको सेवामय गुणको ऋणि छु सायद चुकाउन सक्दिन् होला वहाँहरूको अात्मियता स्नेहि प्रति आभार व्यक्त गर्न चाँहान्छु | यस्तै क्रम चलि रहेको थियो पसिनामा समेत औषधी कै गन्ध आउन थाली सकेको थियो | कम्पनिले विरामीहरू भेला पारेर लगभग १:३० घण्टा दुरीको शिबिरमा लग्यो त्यहाँ पनि भूपु कोठा सहयोगिको साथमा बस्ने अवसर मिल्यो कोठामा हामी दुई जना मात्र चितवनका दाजु सन्त बाहादुर तामाङ्ग त्यो सिबिरमा पनि मेरो सेवामा खट्न थाल्नु भयो सिविर पुगेको दुई दिन पछि स्वाव परिक्षण भयो | हामी केही जनाको कोभिड पोजेटिभ रिपोट आयो | तर मलाई मनमा डर भने थिएन | त्यतिकैमा अचानक श्वास प्रस्वासमा समस्या अाए पछि कम्पनिमा जानकारी गरायौं कम्पनीले उचित समयमा अस्पताल पुर्याउन सफल भएको होला सायद त्यसको परिणाम सकुसल छु अाज !
जब अस्पतालमा सामान्य विरामीहरूलाई दर्ता गराउदैन सिकिस्त विरामीहरूलाई पहिलो प्राथामिकता दिएको हुन्छ | साँझमा हस्पिटल दर्ता भए पछि सिधै ICU मा अक्सिजन दिएर राखे पश्चात् छातिको एक्सरे गर्नु भयो | मेरो स्वास्थ्य अझ बिग्रिदै गए पश्चात् भोलि पल्ट साँझ चिकित्सकले अर्कै अस्पतालमा सम्पर्क गरेर त्यहाँबाट मलाई बन्देज मुक्त गराई अर्कै अस्पतालमा दर्ता गराईयो पहिलाकै अस्पताल मार्फत त्यहाँ एम्बुलेन्सले पुर्याउने बितिक्कै मलाई पाङ्ग्रे कुर्सीमा राखेर हतार हतार इमर्जेन्सि कक्षमा दर्ता गराउनु भयो | सबै रगत जाँच,छातीको एक्स्रे सबै सके पछि सिधै भेन्टिलेटरमा राखियो र लक्षणका आधारमा औषधी चलाउनु भयो नौ दिन सम्म भेन्टिलेटर पश्चात् isolation मा स्थानान्तरण गरियो तर त्यस अवस्थामा पनि अक्सिजनको भने जरूरत थियो |
पहिलाको अस्पतालले जब डिस्चार्ज गर्ने भन्ने बित्तिकै निक्कै आस्तिक बन्न बाध्य भए हरेक सेकेन्डमा पाथीभरा देवि कै नाम उच्चारण गरि रहें मेरो जीवन मृत्यूको संघर्षमा लडि रहेको थियो | सामुन्ने दृष्य भरि मृत्यूवरण गरि रहेको देख्दा यस्तो लाग्थियो सायद मेरो पनि नम्बर त लाग्दैन् | त्यस्तो अवस्था सम्म पनि मैले कसैलाई अथवा घर परिवारलाई समेत जानकारी गराएको थिएन् किनकि मैले मेरो मृत्यू देखेको थिएन् | बिश्वास थियो सकुसल डाक्टर र नर्सको मिहिनेत पक्कै खेर जान्न भन्नेमा विवस्त थिएँ |
अस्पताल भनेको सायद मर्दा मसानघाट बाँच्दा अनूभवको गहिरो कथा,व्यथाले भरिएको पुनर्जन्म होला पहिलो अनुभव हो भगवानले कृपा गरून् फेरि त्यो अवस्थामा अस्पताल जानू नपरोस् |
|
रोगको लक्षणका आधारमा उपचार शुरू भयो | यस्तो अनुभव हुन्थियो कि मेरो पुर्जाहरू निर्जिव छन् मात्र मष्तिक शुचारू भएको अनुभवहरू हुन्थियो | आखा भरि वरिपरिका दृष्यहरू घुम्दा गहभरि अाँशुले भरिदाँ सहायक चिकित्सकले पुछ्दै भनेको शब्द don't worry brother this period prayer only your god.हुन पनि हो प्रार्थना आवश्यक छ | भोलि पल्ट विहान सवेरै सायद मेरो त्यस्तो हालत देखेर पनि हुन सक्छ एकान्त कोठामा राखियो | खान खाने अवस्था पनि नहुँदा सहायक चिकित्सकले चम्चा द्वारा ख्वाउँदा भने धेरै दुःख लागेको थियो | अर्कालाई दुःख दिनु हुन्न भन्ने त्यस पछि मात्र मनसाय आयो तर पनि संभव भने थिएन | शरीर ज्वरोले ग्रस्त पारेर अारनमा तताएको फलाम चिसोपानीमा डुबाएँ सरह थियो | खकारमा रगत जान निक्कै कम भए पछि शरिरले अाफै भोकको महसुुस गर्न थाल्यो अनि मात्र शरिरका अंगहरू बिस्तारै तन्दुरुष्त हुँदै गएँ | जस्को परिणाम आज सकुसल छु | नौ दिन पछि ICU देखि अलगावमा पठाउदाँ यति खुसी थिए जस्लाई वर्णन गर्ने शब्द सायद अभाव हुन्छ |
अलगावमा राखे पछि म ९०% ठिक भई सकेको थिए त्यसैले मलाई कपडाको आवश्यक पर्यो एक सरो कपडा मात्र लगाएर गएको थिएँ त्यस अवस्थामा मैले मेरै भान्जा कमल खरेल अस्पताल भन्दा नजिकै हुनुहुन्थियो दुरभाष मार्फत जानकारी गराएँ विरामी भएर अस्पतालमा भएको त्यो दिन चौविस घण्टा कर्फ्यू भएको कारण कपडा पुर्याउन सक्नु भएन भोलि पल्ट प्रेम गौतमका साथमा भान्जा अस्पतालमा कपडा छोडेर फर्किनु भयो | विडम्वना भने हामी भेट्न सक्दैन थियौ | भान्जाहरूको स्नेहि शौहार्द व्यवहार प्रति हार्दिक आभार व्यक्त गर्दछु |
लेख्दै जाँदा सायद कथाको ठेलि तयार हुदैन भन्न सक्दिन मनमा उत्पन्न भोगाईहरू थुप्रै छन तर अझै म त्यसरी ठेली तयार पार्न सक्ने अवस्थामा छैन अाराम धेरै आवश्यक छ शरिरका शक्तिहरू अहिले माइनसमा छन जस्का कारण लामो समय लेखन भन्दा आराम जरूरत छ !
अस्पताल बसाईमा मलाई अत्याधिक मात्रमा माया गर्नु हुने कान्छी फूपू दिदीले अचानक फोन गरेर विरामी भएको कुरा बुझ्न खोज्नु भयो | मैले सामान्य रूघा,खोकि हो समस्या छैन भन्दै व्यवहारिक कुरा गरेर तर्किए त्यसकोलागि माफ चाँहान्छु | म कसैलाई पनि पीडा दिन चाँहान्न थिएँ मलाई आशू भन्दा धेरै प्राथनाको जरूरत थियो !
म मेरो कलमको बिट मार्नु भन्दा अगाडि स्मरण गर्न चाहान्छु मेरी ममतामयी माता,जीवन संगिनि सायद मेरो अवस्था नसुनाएर सायद पक्कै पाप गरिन होला ? अनि विरामीको महसुस पनि दिलाईन प्रत्येक दिन | साथै अस्पतालको वसाईका क्रममा अप्रत्यक्ष रूपमा कमल खरेल भान्जा मार्फत जानकारी लिई रहनु हुने नेपाली राजदुताबास पूर्वी क्षेत्रका स्थानिय कर्मचारी हरि घिमिरे ज्यूलाई हृदय देखि अाभार ब्यक्त गर्न चाँहान्छु वहाँको शुभेक्षालाई | केही दिन सम्पर्क बिहिन हुदाँ निक्कै तनावमा रहेर खोजि गरि रहनु हुने मुग्लानी खबरका सम्पादक गणेश क्षेत्री , अध्यक्ष दिल माया तामाङ ( राना) ,सन्तोष केसी र थर्चा लामा तथा मुग्लानी खबर डट कम प्रति वहाँहरूको स्नेहि सदभाव प्रति हार्दिक अाभार ब्यक्त गर्दछु |
अस्पताल बसाईमा मलाई स्नेहका साथ भगवान संग प्राथना गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरि रहनु हुने स्थिति बारेमा जानकारी लिन खोजि रहनु हुने कमल खरेल, प्रेम गौतम, मुना मगर,पुष्पा राई, हर्क लिम्बू, करण लिम्बू, चन्द्र लिम्बू,सुवास लिम्बू,संकर तामाङ्ग,कुमारी सुनार,सन्त तामाङ्ग,शोभा शर्मा,शारदा भूषाल झा,सरिता तामाङ्ग,निमा शेर्पा सिक्किम,लक्ष्मी प्रसाद प्रसाईं सिक्किम,दिपेन प्रसाईं दुबई,प्रेम पुर्जा दुबई,टंक खड्का,दिल कुमार लिम्बू,तोप बहादुर लिम्बु, गोर्खा तामाङ्ग,गंगा गुरूङ्ग,विष्णु बस्नेत, राज कुमार नेपाल उत्तर चौंधरी,सेलिङ्ग केसि ,अन्जान गुभाजु, अकल प्रधान,ज्ञानु गुरूङ्ग,धुर्बता गुरूङ्ग र भारतिय मित्रहरू भूवन्ना,अभिलास कुमार,रिजु थोमस लगायत सम्पूर्ण ज्ञात तथा अज्ञात अाफन्त छरछिमेकी इष्ट मित्रहरूमा हार्दिक्ताका साथ आभार ब्यक्त गर्दछु |