पुनरत्थानबादी शक्ति नेपालका प्रमुख नेता शेखर जङ्ग रायमाझीले संसंदको बर्बराहट अन्तिम बौखलाहट हो र राजतन्त्र ,"रअ"को दलाल प्रचण्डको काल बन्दै आएको बताएका छन।
नेता रायमाझीले प्रतिनिधिसभामा, दिल्लीमा बसेर १७ हजार नेपालीको रगतको होली खेल्ने रक्तपिपासु हिंस्रक जन्तु प्रचण्डले"राजतन्त्रले गुमाएको भुमि गणतन्त्रले फिर्ता ल्यायो" भन्ने अन्त्यन्तै भ्रामक र तुच्छ अभिब्यक्ति दिएर बिक्षिप्त र बिकृत मनस्थिति देखाएको बताएका छन।
नेपालको राजतन्त्र नेपालको निर्माता शक्ति हो र नेपालको एकिकरण,स्वतन्त्रता, अखण्डता, स्वाधिनता र सार्वभौमिकताको रक्षामा अभुतपूर्व योगदान दिएको हरेक नेपाली तथा बिश्वजगतमा स्पस्ट छ।एस्तो ऐतिहासिक अभिलेख रहेको सत्य र तथ्यलाई नजरअन्दाज गर्दै जुन निकृष्ट वाक्य छाद्न पुगे, त्यसको कारण भारतीय जासुसी संस्था र पश्चिमा कृश्चियन फिरङ्गीको तलुवा चाट्दै नेपाली दाजुभाइको हत्याको जघन्य अपराधबाट अभिशप्त दुष्टता बाहेक केही नभएको समेत जनाएका छन।
उनले आज मुलुक कङ्गाल र जनता बेहाल बनाएका यि बिदेशीका दासहरु ,अहिले राष्ट्रिय झन्डामा गोलबद्ध भई यिनका बिरुद्ध जुन प्रकारको युवा,महिलाहरुको सघन उपस्थितिका साथ नेपाली जनताको अपार ऐक्यबद्धता ले ENOUGH IS ENOUGH भन्यो, हो त्यो भिड देखेर यि देशद्रोही, जनघाती तिलमिलाउदै बर्बराहट निस्किएको समेत बताए।
अब हामी देशभक्त राष्ट्रवादी नागरिकहरुले जतिसक्दो चाडो सत्ताबाट गलहत्याएर यि ब्वाँसो र हुँडारहरुलाई राष्ट्रघातको जघन्य अपराधको सजाय दिलाउने राष्ट्रिय कर्तव्य निर्वाहको लागि अझ सशक्त ऐक्यबद्धता प्रकट गर्ने बताएका छन!!