हाल नेपालमा हिजो बाट पूर्वी भू-भागबाट प्रवेश गरेको मनसुनी वायु, स्थानीय वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल प्रदेश १ का तराई तथा पहाडी भू-भागमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार आज जेठ ३२ गते (आइतबार) को दिनभरी मौसम यस्तो रहनेछ।
दिउँसोः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने आगामी २४ घण्टाका लागि देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम तथा जलवायु पुर्बानुमान महाशाखाले बताएको छ।हुन
(जारी मितिः २०७७-०२-३१, साँझ ०६:०० बजे)