आज एक विशेष दिन विश्व रक्तदाता दिवस हो भने नेपालमा पनि रक्तदान लगायतका बिभिन्न स्वास्थ्य सम्बन्धिका कार्यक्रमहरु गरी मनाइदैछ ।
मानव रगत समूह (ब्लड ग्रुप) जस्तो महत्वपुर्ण कुरा पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा पारेर सन् २००४ देखि प्रत्येक बर्ष आजकै दिन विश्व रक्तदाता दिवस मनाउन थालिएको छ।त्यसैगरी रक्तदानको महत्वबारे जनचेतना फैलाउन र रगतबिना गम्भीर रहेका मानव जीवनलाई आफ्नो रगत दिएर बचाउन हर हमेशा बिशाल छाती बोकेर हिड्नुहुने उदारबादी ब्यक्तित्वहरुलाई धन्यवाद प्रकट गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो ।
रगत मानव जिवनका शरीरमा नभई नहुने रातो तरल पदार्थ हो।यसले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ भने कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता शरिरका बिकार तत्वहरुलाई बाहिर फ्याक्न मदत समेत गर्दछ।
एक स्वस्थ मानिसको शरिरमा ५ .५ लिटर रगत रहेको हुन्छ भने वजनको हिसाबले कुल वजनको ७ % रगत रहेको हुन्छ । त्यसैगरी रगतमा प्लाज्मा ५४ . ३%, रातो रक्तकोष ४५% र सेतो रक्तकोष ०.७ % रहेको हुन्छ।रक्तदान स्वस्थ मानिसका लागि प्रत्येक ३ महिनामा गर्दा फरक नपर्ने चिकित्सकको भनाई रहेको छ भने उमेरको आधारमा १८ देखि ६५ उमेर समुहका मान्छेले रक्तफान गर्न सकिने बताएका छ्न।
दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।
"रक्तदान,जिवनदान" भने जस्तै युवाहरुलाई यस्ता कार्यमा अभिप्रेरित गर्न पनि यो दिवसको लक्ष रहेको छ।साथै एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ मिसाई तीन जनाको ज्यान बचाउन सकिने समेत बताईएको छ।