आज बिक्रम सम्बत: २०७७ साल जेठ ३२ गते आईतबार असार कृष्ण नवमी (भोलि ०३:३४: ३४ बजे सम्म),नेपाल सम्बत: ११४० तछलागा नवमी तदनुसार ई .स: १४ जुन २०२०।आज शुर्योदय:०५:०७:४२, शुर्यास्त:१९:००:४०, दिन मान १३ घ.५२ मि.को रहेको छ।त्यसैगरी नक्षत्र:उत्तरभाद्र (भोभोली००:३३: ४२ सम्म), योग: आयुष्मान (१२:०२:१७ बजे सम्म),चन्द्रोदय: ००:४९:४७, चन्द्र अस्त:१२:५१:२७,र चन्द्र राशी: मीन रहेको छ।
आजको राशीफल यस्तो रहेको छ।
मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दिन काट्न् गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ ।
मिथुन -(का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
सिंह -(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाट हुनेछ ।
तुला -(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोगलिन सकिनेछ ।
धनु -(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ ।
कुम्भ- (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अधुरो काम पुन: प्रारम्भ हुन सक्छ ।
वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हातापर्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरुको सहयोग पाईनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चापनि चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने समेत बताईएको छ।