बसन्त राज सुब्बा
झापा /नेपालको तेस्रो पार्टी भर्खर मात्र एकता सम्पन्न गरि निर्वाचन आयोगमा दर्ता प्रक्रिया थालनी गरेको जनता समाजबादी पार्टीका युवा,बिद्यार्थी तथा शिर्षथ नेताहरु र पत्रकारहरु बिच कमल गाउपलिकामा चिया पान तथा भेटघाट कार्यक्रम समपन्न भएको छ।
उक्त भेटघाटमा पुर्ब राजपा सम्बद्द प्रदेश न.१ युवा अध्यक्ष रोशन लिम्बू,पुर्ब समाजबादी पार्टीका केन्द्रिय सदस्य केदार धिमाल,जिल्ला,नगर तहका नेताहरु साथै समाजबादी बिद्यार्थीका सचिब बिशाल आङदेम्बेको उपस्तिथि रहेको थियो भने मिडिया पत्रकार कर्मी मुग्गलानी खबरका प्रतिनिधि बिरेन्द्र याक्थुम्बा, सतासी साप्ताहिक खबर,ऑनलाइन खबर प्रतिनिधि तथा बि.आर.एस च्यानलका प्रबर्दक वसन्त राज सुब्बा , प्रगतिशील बहसका प्रबर्दक अबिन मेयाङ्बो लिम्बू र सजिलो न्युजका प्रबर्दक शेरेहाङ लिम्बू रहेका थिए।
सशक्त युवा नेताहरु बीच बैचारिक छलपलमा अबको बैकल्पिक शक्ति जसपा रहेको र यो लकडाउन समयमा देश विभिन्न घटेका घटना गतिविधिमा पुर्ब राजपा हाल जसपाको प्रदेश न.०१का युवाहरु सरकारको काम प्रति असन्तुष्टि रहेको रोसन लिम्बुले बताए । साथै खाद्यान्य राहत ज्यालामजदूरी पाउनु पर्नेले नपाएको सरकारको हेलचेर्काईले देशमा दिन दिनै संक्रमित बढ्दै गएको जनता रोग र भोगसंग संग-सगै लड़नु परीरहेकोमा सरकारलाई ध्यानाकर्षण गराउदै आपत्ति जनाए छन ।
त्यस्तै देशमा जातीवाद हेपाह प्रविधिले दिनदिनै देश कमजोर भइ रहेकोले सम्पूर्ण पहिचानवादी पार्टी एक ढिक्का भई अघि बढ़नु पर्ने आजको मूल आवश्यकता रहेको नेता केदार धिमालले बताएका छन ।
देशै भरि जसपा पार्टीका युवा र बिध्यार्थिहरु रहेकाे र अब एकता पछि अझ मजबुद हुने साथै यश संगठनलाई अझ बलियाे बनाई देशकै शक्तिशाली पार्टी बनाउनुपर्ने कुरा बिद्यार्थी सचिब बिशाल आङ्देम्बेले बताए।
नया नेपाल निर्माण गरि देशलाई पहिचान सहितकाे संघीयता र सबैमा समानतार रहने,जातिबाद,भेदभाबकाे अनत्य गरि साच्चिनै जनतालाई जनता समाजबादि पार्टी जनताकै हितमा खडा रहेको महसुस गराउनु पर्ने युवा नेता रोशन लिम्बुले बताएका छन ।
देशमा भष्टचार र जनता मार्ने काम सरकारबाट भएमा ज स पा काे युवाहरू चुपलागेर बस्न नसक्ने सडकमा निस्किन बाध्य हुने हाल जसपा उर्लाबारी अध्यक्ष मण्डलका एक सदस्य मातृका धिमालले बताए ।
अन्त्यमा आफ्नो कुरा राख्ने क्रममा पुर्ब राजपा प्रदेश न.०१ का युवा अध्यक्षले यस कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै बिदाइ गरेका थिए।