हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व-पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश ५ का भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार आज जेठ ३१ गते (शनिबार) दिनभरीको मौसम यस्तो रहनेछ।
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। भने
आगामी २४ घण्टाका लागि प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम तथा जलवायु पुर्बानुमान महाशाखाले अनुरोध गरेको छ।
जारी मितिः २०७७-०२-३०, बिहान ०६:०० बजे)