बसन्त राज सुब्बा
इलाम, चुलाचुलीगाउँपालिका वार्ड नं १ का धन बहादुर आङ्देम्बेको केहि महीना देखि बिरामले ग्रसित अवस्थामा थिए भने उहाँको हिजो मिति २०७७ साल जेष्ठ २८ गते बुधबारका दिन उपचारको क्रममा धरान वि.पि. हस्पिटलमा ६३ वर्षको उमेरमा निधन भएको थियो ।
संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , लिम्बुवानी राष्ट्रिय शहिद माङ्तोकका पिता धन बहादुर आङ्देम्बे उहाँ सामाजिक कार्य सेवामा निकै योगदान पूराएको स्थानीय बासीहरुले निस्वार्थ भावनाले बताएका छन् ।
हिजो मिति २०७७/०२/ २९ गते बिहीबार विहान ११ः०० बजे चुलाचुली–१, कमल घरमा भेला भई शव रयाली घर देखि समाधिस्थल सम्म झापा कमल सानो केर्खा, माङ्तोक समाधिस्थल वहाँको पार्थी शरीरलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकज्यूबाट पार्टीको झण्डा ओढाएर शव यात्रा गरी माङ्तोक समाधिस्थलमा पुराईएको थियो ।
लिम्बुवान आन्दोलन अनिश्चितकालीन बन्दक्रममा वहाको छोरा माङतोक राज कुमार आङदेम्बे २०६४/६/२० गते झापाको कमलखोलामा लिम्बुवान आधुनिककालका प्रथम शहीद भएका थिए । उहाँ स्व. पिता धन बहादुर आङ्देम्ब लिम्बुवानकको क्रियाशील सदस्य भई लिम्बुवान पहिचानको लागि योगदानहरु पनि धेरै गर्नु भएको थियो ।
अहिले नेपालमा कोरोना कहरको संक्रमित आतंकले मरिमरौमा खासै ठुलो भेला नभएको बेला उनको आज झापाको कमल माङ्तोक समाधिस्थलमा अन्त्यष्टी चर्को गर्मीलाई व्यवस्था गर्दै सामाजिक र राजनीतिक योगदान प्रति ख्याल उनी प्रतिको सदभाव र सम्मानको लागि ४०० भन्दा बढ़ीको मलामीहरुको सहभागिता थिए ।
जसमा प्रांतिक शरीरलाई दफन गर्नु अगाडि समवेदना प्रकट गर्न संघीय लिम्बुवान मञ्चका सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी, झापा, मोरङ्, सुनसरी, इलामका जिल्ला तथा नगर, गाउँपालिकाका नेता तथा कार्यकर्ताहरु उपस्थितिका भएको थिए ।
भने संघीय लिम्बुवान मञ्चका चुलाचुली वार्ड न १ का निर्वाचित अध्यक्ष धुर्व लावती सहजिकरण गर्दै पार्टीको झण्डा केंद्रीय अध्यक्ष कुमार लिङदेन मिराक , केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर गुरुङ , ज्ञानु ईम्बुङ , असोक चेम्जोङले लिम्बुवान पार्टीको झण्डा मृतक शरीरलाई झण्डा ओढ़ाई सम्मान साथै मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
भने उक्त कार्यक्रम संचालन पार्टीका केंद्रीय सचिव विष्णु भट्टराईले मलिन भावमा संचालन गरेका थिइन । त्यस्तै गरी उहाँको अन्तिम काज क्रिया २०७७ /३/५ सामेल हुने मृतकका परिवारले बताएका छन् ।