आज बिक्रम सम्बत: २०७७ साल जेठ ३० गते शुक्रबार असार कृष्ण सप्तमी (२३:१२: ३९ सम्म),नेपाल सम्बत: ११४० तछलागा सप्तमी तदनुसार ई .स: १२ जुन २०२०।आज शुर्योदय:०५:०७:३४, शुर्यास्त:१८:५९:५८, दिन मान १३ घ.५२मि.को रहेको छ।त्यसैगरी नक्षत्र:शतभिषा (१९:०५: ३२ सम्म), योग: विषकुम्भ (१०:४२:१० बजे सम्म),चन्द्रोदय: ००:००:००, चन्द्र अस्त:११:०६:४६,र चन्द्र राशी: कुम्भ रहेको छ।
आजको राशीफल यस्तो रहेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कर्यको थालनी हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आधुरा र रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । व्यापार व्यवसाय विस्तारै सुधार उन्मुख हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनीपनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ नरहने योग देखिएको छ।