नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तीमध्ये २३० जना पुरुष र २० जना महिला छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३, रौतहटका ४२, बाराका ७, धादिङका ७, सर्लाहीका ४, सप्तरीका ९, रौतहटका १५, महोत्तरीका ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका १जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ।
तीमध्ये ४ हजार २ सय ८५ पुरुष र ३२९ महिला छन्।
यस्तै कोरोना भाइरसको संक्रमण निको भएर आज थप १८७ जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्ये ८ जना महिला र १७९ महिला छन्।