आज बिक्रम सम्बत: २०७७ साल जेठ २९ गते बिहिबार असार कृष्ण षष्ठि (२१:३३: १२ सम्म),नेपाल सम्बत: ११४० तछलागा षष्ठी तदनुसार ई .स: ११ जुन २०२०।आज शुर्योदय:०५:०७:३१, शुर्यास्त:१८:५९:३६, दिन मान १३ घ.५२मि.को रहेको छ।त्यसैगरी नक्षत्र:धनिष्ठा (१६:५४: १० सम्म), योग: बैधृती (१०:३२:२० बजे सम्म),चन्द्रोदय: २३:४५:१६, चन्द्र अस्त:१०:११:३०,र चन्द्र राशी: कुम्भ रहेको छ।
आजको राशीफल यस्तो रहेको छ।
मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्नेछ । घरायसी कामबाट सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
मिथुन - (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । लाभदायक योजना बन्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।
सिंह- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकासपनि हुनेछ । प्राविधिक कार्य राम्रो हुन्छ ।
धनु -(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
कुम्भ -(गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।
वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।
कर्कट -(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
कन्या- (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काममा हात हाल्ने र योजना बन्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।
वृश्चिक -(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सेवामूलक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । आफन्तसंग प्रविधि मार्फत भेटघाट हुनेछ ।
मकर- (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसरपनि प्राप्त हुनेछ ।
मीन- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहने योग देखिएको छ।