हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने प्रदेश २ र प्रदेश न ५ का तराइ भू-भागमा आंशिक बदली भई बाँकी स्थानहरुमा सामान्यतया मौसम सफा रहेको देखिन्छ ।
आगामी तिन दिनको मौसम पूर्वानुमान अनुसार आज जेठ २८ गते (बुधबार)को दिनभरी मौसम तथा जलवायु यस्तो रहनेछ।
दिउँसोः देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सु.प. प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, बागमती, गण्डकी प्रदेशका भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि प्रदेश १, बाग्मती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत माहाशाखाले अनुरोध गरेको छ।