गतसाता सरिता गिरी र अमृता अग्रहरीले संसदमा हिन्दीभाषामा आफ्नो मन्तव्य राखे ।संसदमा हिन्दी भाषा प्रयोग गर्नु गैरकानूनी र गैरसंवैधानिक कार्य हो ।
नेपालको संविधान र कानुनले निषेध गरेको छ, जुन उनिहरुले नै बनाएका हुन् ।अर्को नेपालको कुनै पनि भुगोलमा स्थानीय भाषा हिन्दी छैन् ।सरिता गिरी मैथली र अमृता अग्रहरी अबधि भाषि हुन् ।उनिहरुले आ-आफ्नो भाषामा प्रस्तुत भएका भए बिरोध हुने थिएन तर उनिहरु मानौ हिन्दी बाहेक अरु बोल्नु अपराध हुने जस्तो भाव भङ्गिमा देखाइरहेका थिए । सरिता गिरी नेपाल सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा भारतको सहमति नलिई निकाल्न नहुने र यो परराष्ट्र नीति प्रतिकूल भएको कुतर्क गर्दै थिइन ।जस्को बिरोध हुने नै थियो ब्यापक भयो ।
अर्को एउटा मिडियामा त उनले उक्त क्षेत्र नेपालको हो भनेर नमान्ने नै बताइन। अब सरिता गिरी किन आफ्नो स्थानीय भाषा मैथली भन्दा हिन्दी भाषा लाद्न चाहन्छिन्?मैथली भाषा उनको प्रथमिकतामा किन पर्दैन?जबर्जस्ती हिन्दी प्रयोगले किन नेपालमा भारत बिरोधि भावना बढाउछिन?लिम्पियाधुरा सम्बन्धमा धेरै लामो समयदेखि बहसमा छ ,किन उनि नेपालको हो भनेर मान्दिन भन्छिन्? जब भारतले ३७२ बर्गमिल हडपेकोजग्गा आफ्नो नक्सामा समेट्दै आफ्नो सम्प्रभुको दाबी गर्दा यिनको आवाज किन निस्केन? भारतले अर्काको भुमिमा सहमति बेगर बाटो बनाउँदा चुइक्क नगर्नुको कारण के?नेपालले नक्सा प्रकाशित गर्न तयार गरेका प्रमाण र दस्तावेज यतिका दिनसम्म हेर्न किन नचाहेको? चीनतिर ५७न पिलर बाहेक बिबाद छैन किन नमिचिएको जमिनलाई मिचिएको भन्दै कुप्रचार गर्दैछिन?
सेनाको बिषयमा नभएको कुरा दावि गर्दैछिन,नेपालको भूभाग भित्र सेना कहि पनि बस्न सक्छ ,यिनलाई के को आपत्ति? हो गणतान्त्रिक नेपालमा सरिता गिरी जस्ता अरुपनि धेरै सासंदको नन्दिभृङ्गि चर्तिकला देखाइरहेका छन।यिनीहरु खासमा दास र दलाल प्रबृतिका छन।यो दिल्लीमा भएको बाह्रबुँदे सहमतिको प्रदुषण हुन।जो दास प्रबृतिका छन उनिहरु सिधै आफनो प्रभुको हुकुम तामेलिमा लागि पर्छन र उनिहरुलाई लाज,सरम डर भर केहि मान्दैनन् ।अर्को दलाल प्रबृतिका छन उनिहरु आफुलाई राष्ट्रवादी ब्याख्या गर्छन र आफ्ना निजि सत्ता स्वार्थमा लम्पसारवादी निति अख्तियार गर्छन।हो यतिखेर आम नेपालीको चासो र सवाल छ, खै नयाँ नक्सा?
किन संसदले अनुमोदन गर्न सक्दैन? अब सबै नेपालीले बुझ्नु पर्दछ कि राष्ट्रियता संकटमा छ, नेपालको राजनैतिक भुअवस्थिति ,मुल्यमान्यता चरित्र, संस्कार र इतिहासको कारणले गणतन्त्रले नेपाल र नेपालीको रक्षा गर्न सक्दैन तसर्थ यो सबै नेपालीले राष्ट्रिय झण्डा बोक्ने समय हो।