एकदिन टिकटकको लाईभमा आएकी रहिछिन, धैरै जनाले लाईभ हेर्दै आएको मध्य एक जनाको सन्देश थियो (Darling) अन्य म्यासेज वास्तै गरिन सोहि शब्द देख्दा बित्तिकै अचानक जिरे खुर्सानी चपाए झै लाग्यो, भन्न पाउने आधिकार नभकोले म लाईभ बन्द गरेर पिरोको अनुभव कम गर्न थाले। तर दिन प्रति दिन मनमा सजाउदै गएछु पत्तै पाईन, बस जतिसुकै बेला भेट्न मन हुने धेरै सम्बाद गर्न मन लाग्न थाल्यो तर सुरमा केहि राम्रो सम्बाद भए पनि पछि उनिमा केहि परिवर्तन आयो क्यारे सायद मेरो कमजोरी भनेको सत्यताको धराताल नछोड्ने सबै सबै वस्तविक कुरा भनिदिएको कारण मनमा खिन्नता आयो होला। तैपनि केहि छैन माया पाउन लेखेको छैन होला तर माया गर्ने अधिकार त कसैले खोस्न सक्तैन भनेर म त्यस पछिका बिदाको दिनहरुमा टुहुरो बालकले आफ्नो अभिभावको प्रतिक्षा गरेर पिढीको एक कुनामा बसेर आगमानको रित्तो आसाको दियो बालेर बाटो भरि आखाँ बिछ्याए झै गरि उनको निम्तो बोकेको सन्देशको आस गरेर बसिरहन्छु। मनले हरेक बिदाको अघिल्लो दिन सबै भन्दा धेरै आस गरेको हुन्छ कि आज त पक्कै निम्तो पाउने छु भनेर तर सधै रित्तै रित्तै...........
सधै सधै कति काकाकुल जस्तै बनेर हिड्ने कति दिन म पानी बाट बगरमा पछारिएको माछा जस्ते बन्ने जेसुकै होस आज त कर गरेर भए पनि भट्न जाने छु भनेर सन्देश पठाए ,नाई प्रतिकृया पाए पनि जबरजस्ती दबाब दिन खोजेको मात्रै थिए नसोचेको शब्द लेखेर पथाईन जसमा थियो, “मलाई टचर नदिनु मलाई टचर दिएको मन पर्दैन” मन एकाएक स्तव्ध भयो, अनयासै आखाँ बाट बरबर पानी झर्न थाले, सायद स्वच्छ मनमा चोट लाग्दा त्यस्तै हुदो हो। उनको शब्द फुलले छोपेर राखेको काँडा जस्तै कपास भित्र पोपो पारेको ढुँगा जस्तै महसुस भयो, सोचे म दुनियाँको सबै भन्दा खराब मानिस रहेछु। आफैमा आत्माग्लानी भयो नि सबै सन्देश मेटाएर मन बाट प्रण गरे कहिले बोल्ने छैन कहिले भेट्ने छैन, तर आखिर मन त हो, एक छिन पछि मणिहराएको नाग जस्तै बन्यो सोचे हिजो पनि दुखेको थियो आज पनि दुख्यो र भोलि पनि दुख्ने ने होला, उनले पो माया गरिनन उनको अधिकारको कुरा हो, तर मैले त माया गरेको छु माया प्राप्ति मात्रै होइन त्याग पनि हो भन्छन, त्यसपछि पनि भेट्ने कोसिश नगरेको होईन तर कहिले थकाई त कहिले दाजु भाई भेट्न आउने कुराले निशब्द बनायो अनि कसैले हात खुट्टा बाधेर हाउगुजीलगाएर जबरजस्ती हसाउने प्रयस गरे झै गरी मुख कुच्याएर बसे अब भने हिजोको दिनमा जे जस्तो भए त्यस बाट पाठ सिकेर आगामी दिनमा भने कोहि कसैलाई दुख नपुग्ने शब्द बोल्ने प्रयास गर्दै आफ्नो स्वभिमानको रक्षा गर्ने छु।