तारानाथ आचार्य
ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धानखेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यान्न बालीले गुजारा नचलेपछि ताराखोलाका अधिकांश किसानले नगदेबाली लगाउन थालेका छन् । उनीहरु नगदेबालीतर्फ लागेको केही वर्ष भयो ।
कसैले आलुको व्यावसायिक खेती गर्छन् भने कसैले खेतबारी र पाखाहरुमा अलैँची लगाएका छन् । ओसिलो ठाउँमा हुने मसला बाली हो अलैँची । यसको उत्पादनका लागि आवश्यक वातावरण भएकाले ताराखोलामा अलैँची राम्रो फल्छ । गत वर्ष पनि यहाँका किसानले झण्डै एक हजार ५०० किलो अलैँची फलाएका छन् । मङ्सिरमा टिप्ने र बिक्री तथा भण्डारपूर्व सुकाउने वा भट्टीमा राख्नुपर्ने भएकाले किसानले चैत वैशाखसम्म यसको तयारी सक्ने गरेका छन् ।
किसानले विधि पु¥याउँदा–पु¥याउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीले यो वर्ष ताराखोलाको अलैँची बजारसम्म पु¥याउन सकिएन । “सिजन शुरु हुँदा लकडाउन भै दियो, ढुवानीकै समस्या भयो”, ताराखोला गाउँपालिका–१ भुस्कातका व्यावसायिक अलैँची किसान दीपेन्द्रध्वज भण्डारीले भन्नुभयो, “आम्दानी राम्रो हुन्थ्यो, बेच्न पाएको भए खर्च चल्थ्यो ।”
घुमुवा व्यापारी र बिचौलिया छलेर यो वर्ष सिधै बजारमा अलैँची पु¥याउने योजनामा किसान थिए । गाउँमै खोज्न आउनेहरुले केहीले धेरै केहीले किसानको दुःखसमेत नउठ्ने गरी मूल्य दिने भएकाले बजारसँगको सिधा सम्पर्क बढाउन चाहेको उहाँले बताउनुभयो । “वर्षेनी उत्पादन बढ्दै जाने बाली हो अलैँची”, भण्डारीले भन्नुभयो, “यो वर्षको घरमै थन्कियो भने अर्को वर्षको उत्पादन लिने बेलासम्म रहन्छ ।”
राताखोलाको भुस्कातमा मात्रै हजार रोपनीभन्दा धेरै जमिनमा व्यावसायिक अलैँचीको खेती गरिएको छ । पालिकाका सबै वडाका ओसिलो ठाउँलाई एकीकृत गरेर अलैँची ब्लक घोषणा गरिएको छ । ब्लक भएकाले यहाँका किसानलाई बीउबिजन, भण्डारण र तालिमलगायतका सबै सुविधा कृषि ज्ञान केन्द्र पर्वतले दिने गरेको ताराखोला गाउँपालिकाका कृषि शाखाका प्रमुख कर्णखर भट्टराईले बताउनुभयो । “यहाँका किसानले दाना मात्रै होइन, बिरुवाबाट समेत राम्रै आम्दानी गर्नुभएको छ”, उहाँले भन्नुभयो, “लकडाउनका कारण बिरुवाको निकासीमा पनि समस्या भएको छ ।”
ताराखोलामै व्यावसायिकरूपमा अलैँचीका बिरुवा उत्पादन र बिक्री गर्दै आएको राष्ट्रिय अलैँची विकास कृषि उपज केन्द्रले गत वर्ष झण्डै रु छ लाखका बिरुवा बिक्री गरेको थियो । यो वर्षसमेत एक लाख बिरुवा तयार गरेर बिक्री गर्ने योजना भए पनि लकडाउनका कारण समस्या भएको केन्द्रले जनाएको छ । ताराखोलाको अलैँची प्रतिकिलो रु ७०० भन्दा धेरै मूल्यमा बिक्री हुने गरेको छ । यहाँ उत्पादित बिरुवा रु छ प्रतिगोटामा बिक्री हुने गरेका छन् । कृषि उपजको निकासी र बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने किसानको माग छ ।
कृषि बजार केन्द्र सञ्चालन
बिचौलीयाको मारमा परेका किसान र उपभोक्ताई सहयोग पु¥याउन भन्दै बागलुङ नगरपालिकाले कृषि बजार केन्द्र सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका ताजा तरकारी बिना बिचौलिया उपभोक्ताले खरिद गर्न पाउने गरी बागलुङ नगरपालिका–३ गुठीमा आजदेखि बजार सञ्चालनमा आएको हो । गत आर्थिक वर्षदेखि शुरु भएको कृषि बजार केन्द्र सञ्चालनका लागि पूर्वाधार निर्माणको काम सकिएपछि आजदेखि बजार सञ्चालनमा आएको हो ।
मङ्गलवार बजारको शुभारम्भ गर्दै नगरप्रमुख जनकराज पौडेलले किसान र उपभोक्ता सिधा सम्पर्कमा रहने यो बजारका कारण दुवै पक्षलाई फाइदा पुग्ने बताउनुभयो । जिल्ला कृषि सहकारी सङ्घको व्यवस्थापनमा निर्माण गरिएको बजार केन्द्रको पूर्वाधारका विषयमा सङ्घका अध्यक्ष नरबहादुर थापाले जानकारी गराउनुभयो । बागलुङ नगरपालिकाको रु आठ लाख अनुदान तथा कृषि सहकारी सङ्घको रु एक लाख ६२ हजार श्रमदानमा बजार सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो ।
नगरपालिकाका अनुसार तत्कालका लागि शनिबार र मङ्गलबार यहाँ ताजा तरकारीको बजार लाग्ने छ । किसानले स्वःस्फुर्त उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने र उपभोक्ताले सिधँै किसानसँगबाट तरकारी तथा फलफूल खरिद गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख पौडेलले बताउनुभयो ।