अर्जुन शर्मा निरौला/ कालेबुङ भारत
कथा अथवा कुरा त्यो बेलाको हो जुन बेला स्कूल जान थाले म- पाँच बर्षको हुॅदा। घरदेखि स्कूल यस्तै चालिस मिनेट जति टाड़ा-हिॅड़ेर जाॅदा उकालै उकालो । केही मात्थिर दुइचारवटा घरहरू त्यसपछि जंगलको बाटो।
स्कूले साथीहरू धेरै थिए तर उमेर मिल्ने म झैं फुच्चे संगै हिॅड़्ने साथी ज्ञान गुरूङ।हाम्रो घरदेखि केही मास्तिर स्व. भानुभक्त राईको घर।उनी उनको आफन्त,भदै भानुभक्त राईको,त्यहीँ बस्थे त्यहाॅदेखि हामी सधैं संगै जान्थ्यौं स्कूल।
उबेला मित्र ज्ञान निक्कै गफाडी र म भन्दा निक्कै बाठो थियो उ । म बाहुन भएपनि अलिक लठुवा र सोझो थिए ।उनको कुरा सुनिरहने। उनले भनेको सबै कुरो सहजै पत्याउॅने।
एकदिन,अहिले बुझ्दा उनले चुइगम चपाउॅदै थिए ,मैले त्यस्तो लावरजस्तो जिनिस/मिठाई पहिला कहिले नदेखेको उनले देखाए मुखबाट त्यान्यान्यान्या तानेर। मैले पनि सानो मागेर दाॅतले कोच्याककोच्याक पारिरहें-हिॅज झैं लाग्छ तर हिसाब गर्दा पैतालिस बर्ष पुगिसकेछ !
आजको मितिमा उनको फुपाको घर त्यो सिन्दुरे डाॅड़ाको नजिकै स्कूल जाॅदा सॅधै उनी यस्तै के के गफहरू लगाइरहने हामीलाई पड़ाउॅनु हुने सर पनि त्यही घरमा बस्नु हुन्थ्यो जहाॅ उनी बस्थे, सायद ती ठूला बड़ाको गफको छिटाहरू मलाई दिन्थे क्यारे उनले।
धेरै कुराको बिभिन्न गफहरू गरिरहन्थे, उनी एकदिनको कुरा,हामी सिन्दुरे ड़ाॅड़ाको तेर्सो जाॅदैथियो बाटो मास्तिर नजिकै लेप्चा जातिको मृत देह पोल्ने ठाउॅ थियो। स्कूल जाॅदा कहिले काॅही त्यहाँ मान्छे पोलेको देखेको मैले।म केही डराएछु त्यो बेला उनले भने, ओ! यहाॅ त बाह्र बजे दिउॅसो अनि राती भाले बास्छ नि। मुर्कुट्टा निस्किन्छ,टाउको नभाको। दुइपट्टि कुममा निलो बत्ती बलेको हुन्छ।अस्ती मैले पनि भेटेको नि।यहाॅ त घन्टी बजाउने भूत पनि छ नि। मैले त भेटेको एक रात ।
यो घन्टी बजाउॅने भूत यहाॅ त एक्लै हिॅड़्न हुॅदैन,बाटो छेक्छ भूतले मध्य बाह्र बजे दिउॅसो बनझाॅक्रीले समातेर लान्छ फूपाले भनेको फलानोलाई पनि लगेको अरे,बनझाॅक्रीले।उनले यस्तो तरिकाले भन्थे कि-म डरले लुगलुग आङ जिरिङ्ग जिरिङ हुने मेरो।
मैले सोधे उनलाई,घन्टी बजाउॅने भूत चैं कस्तो थियो ,भनेर सुनाए उनले,फुपू फूपाकोमा बसे पनि मलाई घरको याद सारै आउॅने घर जानु सारै मन लाग्ने।फुपू फूपाले जानु नदिने।एक रात,फुपू फुपाको घरबाट सुटुक्कै भागें म घर जान,बिस्तारै घरको जसकेलो खोले,मूल दैलो खोल्नु सक्दिन थिएॅ निस्के बाहिर जुन माथि डाॅड़ामा थियो। ताराहरू झरेको देखें।
(सायद उनले हिउॅदको रातमा तारा खसेको देखें-मेरा बाबा ताराको गु भन्थे, हामीलाई साना छॅदा, त्यो तारा खस्नुलाई)म उकालो लागें।यहाॅ आइपुगें(सिन्दुरे डाॅड़ाको तेर्सो)अबुई। घन्टी बुज्नु थाल्यो जंगलमा।छेउको झाड़ीमा लुकें।उनी लुकेको झाड़ी देखाए-मलाई।
घन्टी त बजेको बजेको गर्छ बजेको बजेकै गर्छ।भूत भागोस् र जाउॅ भन्छु, बजेको बजेकै गर्छ।केही मुन्तिर भाले पनि बास्यो। कुखुरी काॅ ,कुखुरी काॅ।मिरमिरे उज्यालो भयो।घन्टी बज्दै थियो।सुनेको थिएॅ उज्यालो भएपछि भूत भाग्छ। भाले बासेपछि भूत भाग्छ। म यही भुसुक्क निदाएछु।बिउॅझिॅदा घाम झलमल्ल लागेको थियो।त्यतिबेला बिना बाबु दाज्यू यहाँ आइपुग्नु भो।
डर लागिरहेको थियो। उनीसंग फेरी फुपाको घर फर्केर गएॅ।भूतको कथा यसरी सुनाउॅछन् मलाई उनी।
खोइ कोनी कसरी-त्यो कुरो मेरो मनमा यस्तो बस्यो कि मैले मेरो मनबाट त्यो भूतको डर कहिले निकाल्नै सकिन।समयको अन्तरालसंगै आफू पनि जवान भइयो।हाट बजार, गाउॅघर जता गए पनि घर आउॅने मूल बाटो त्यो मेरो निम्ति दिउॅसो पनि डर लाग्ने कहिले काॅही त।
समयले मलाई त्यहाॅ पुर्यायो जहाॅ म बेलुकी घर फर्केर आउॅदा निकै रात परेको हुन्थ्यो। कोही साथी छन् भने त्यो बाटो आउॅथें नत्र कसैलाई साथी लिएर आउॅथे।धेरै जसो भाइ सुमन हाङ खालिङ आउॅथे मसंग।एक्लै भएको बेला निकै लामो बाटो लेप्चा गाउॅ भएर घर आउॅथें म।
कहिले काॅही मित्र ज्ञान मलाई जिस्काउॅथे धेरै पछिसम्म। ओ!अर्जुन सर।आजकल पनि त्यो सिन्दुरे डाॅड़ामा डर लाग्छ तपाईलाई भनेर। म भन्थें-हैट!ज्ञान सर। म यो देवता भूत नपत्याउॅने मान्छे, त्यो पारी पटि आठजना मान्छे काटेरमारेको जग्गाबाट पनि म एक्लै घर आउॅछु राती तर त्यहाॅ चाॅहि मलाई किन हो कोनी सारै डर लाग्छ हौ,भन्थें।
धेरै पछि एकदिन कुरा कुरामै उनलाई मैले सोधें।साथी त्यो भूतको कुरा, तपाईले भेटेको साॅच्चै हो त।उनले भने,घन्टी त बजेको हो नि सर तर त्यो घन्टी चाॅहि नजिकै रहेको सोरोङगे शेर्पा बड़ाको सेतो घोड़ाको घन्टी बजेको थिएछ। त्यो रात बड़ाले नजिकै रहेको पास्टीन कमानको साहेबको ड्यूटी गरेर फर्कन्दा रात,परेको हुनाले घोड़ा त्यही घोड़ा चरणमा छोड़ेर घर गएका थिएछन्।त्यही घोड़ाको घन्टी पो बजेको थिएछ रातभर।
अहिले उनी आफ्नो कर्म क्षेत्रमा व्यस्त छन्।भेट प्राय हुॅदैन हाम्रो तर मित्रता त्यतिकै छ आजपनि।एकदिन भने उनले मलाई, अर्जुन सर, त्यो सिन्दुरे डाॅड़ाको घन्टी बजाउॅने भूतको कुरा पनि पनि लेख्नु नि हौ कुनै दिन। लेखें आज।हिॅजआज मलाई कतै जानु छैन ।गुफा बसिएको छ तर यो मन कहिले काॅही मित्र ज्ञान गुरूङसंग त्यही बालयकालको दिनहरू सम्झेर सिन्दुरे डाॅड़ाको यात्रा गरिरहन्छ।