वसन्त राज सुब्बा - झापाको केर्खा स्थित महिला उधमशिल जागरण केन्द्रद्वारा १६ जना महिलाहरुलाई विभिन्न बुनाई सिलाई सम्बन्धी तीन महिने तालिम गराई प्रमाणपत्र समेत प्रदान गरिएको छ।
प्रदेश नं १ झापा निर्वाचन क्षेत्र ५ ( ख ) अन्तगर्त प्रदेश सांसद माननीय श्री इन्दिरा राईको सांसद विकास कोषको आर्थिक सहयोग र कमल गाउँपालिका झापाको संयोजनमा संचालित ३ महिने निशुल्क ढाका बुनाई ( साड़ी , बर्की , सल , हाफसल ) निर्माण तालीम कार्यक्रम उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको थियो। उक्त कार्यक्रममा प्रशिक्षक गोमा श्रेष्ठद्वारा तालिम दिदै आएकि थिईन । सोही कार्यक्रमको समापन गत २०७७/०२/२६ गते सोमवार कमल गाउँपालिका वार्ड ३ केर्खा सस्थाको आफ्नै हलमा शान्ता दहालको अध्यक्षतामा सम्पन्न भएको छ ।
राष्ट्रीय गान बाट सुरुवात भएको कार्यक्रमको व्यानर प्रमुख अतिथि कमल गाउँपालिकाका प्रमुख मेनूका काफ्ले विशेष अतिथि कमल गाउँपालिका महिला विकासका प्रमुख रेनुका गौतम र सभापतिक्क हातबाट उदघाटन गरिएको थियोे । कार्यक्रममा ३ महीने निशुल्क ढाका बुनाई तालिम गराई प्रशिक्षित १६ जना महिलाहरुलाई संस्थाले प्रमाण पत्र प्रमुख अतिथि मेनुका काफ्लेको हातबाट वितरण गरिएको थियो भने विशेष अतिथि रेनुका गौतम लगायत सन्ध्या ग्रुपका अल्खोर कतारका पूर्व अध्यक्ष तथा मुग्लानी खबरका प्रतिनिधि वीरेन्द्र याक्थुम्बा , कमल गाउँपालिका वाणिज्य उद्योग संघका अध्यक्ष तथा पत्रकार उमानाथ भण्डारी, सिने क्लिक प्रोड्यूसनका प्रोफाइटर बेनु राज लिम्बूको हातबाट प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेनुका काफ्लेे ले यो तालीम लिईसके पछि आफैमा आत्मनिर्भर बन्नको लागि प्रशस्त मार्ग खुलेको बताएकी थिइन। आफुले सिकेको कुरा अरुलाई सिकाउदै र आफुले गर्दै जादा अरुलाई पनि आत्मनिर्भर बन्न प्रेरित गर्न सकिने बताईन। आफ्नो क्षमताको विकास गर्ने अझ यो कार्यले महिलाहरुमा साहस जगाएको भन्दै यस्ता उदाहरणनिय कार्यमा सधै आफ्नो साथ र सहयोग रहने प्रतिबर्दता कमल गाउँपालिका अध्यक्षले जनाएका थिए । त्यस्तै मंतव्यमा अतिथि रेनुका गौतम , वीरेन्द्र याक्थुम्बा , उमानाथ भण्डारी र याम दहाल लगायतले उद्यमशील महिलाले गरिएको सक्रियपूर्वक गतिविधिहरुलाई उच्च प्रसंसा गर्दै प्रशिक्षित महिलाहरुलाई प्रमाण पत्र प्राप्त गर्नु भएकोमा बधाई दिदै यो कार्यलाई निरन्तरता दिई सफल उद्यमशील बन्नलाई सुभकामना समेत व्यक्त गरेका थिए । भने यस कार्यक्रमको संचालन संस्थाको सचिब गौरा चेम्जोङ राईले गरेका थिए ।