हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।
हाल देशको प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भू-भागमा र प्रदेश १ का पहाडी भू-भागहरूमा सामान्य बदली रहेको छ भने कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश सहित प्रदेश २ का केहि भू-भागमा आंशिक बदली रहेको देखिन्छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि भू-भागमा हल्का बर्षा भइरहेको छ।
आगामी तिन दिनको मौसम पूर्वानुमान आज जेठ २७ गते (मंगलबार)को मौसम तथा जलवायु अनुसार आजको मौसम तथा जलवायु यस्तो रहनेछ |
दिउँसोः प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा प्रदेश २, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ | छ ।
(जारी मितिः २०७७-०२-२७, बिहान ०६:०० बजे)