पुनरत्थानबादी शक्ति नेपालका प्रमुख नेता शेखरजङ्ग रायमाझीले अहिलेको गणतन्त्रबादी सत्ताले लगाएको लकडाउनका कारण जनतामा नैरास्यता पैदा भई आत्महत्या बढेको बताएका छन।
आफ्नो फेसबुकमा एक स्टाटस जारी गर्दै नेता रायमाझीले सप्तरी लगाएर देशैभरीका विभिन्न खाना नपाई भोकभोकै मरेका ,पिडामा पर्नुका साथै उपचार नपाई जनतालाई सास्ती भैइरहेका बेला सरकारको ध्यान त्यतातिर नगएको समेत बताएका छन।
स्टाटस जस्ताको तस्तै:
सप्तरीका मलर सदा खान नपाएर मरे,यस्तै देशभरबाट ठाउँ ठाउँमा खान नपाएर मरेको,असह्य पिडामा परेको,उपचार नपाएको,डिप्रेसन हुन थालेको र आत्महत्या बढेको समाचार हरेक पत्रपत्रिकाहरुमा छ्यास्छ्यास्ती आइरहेका छन।
मुलुकमा लकडाउन गरिएको पनि अढाई महिना नाघ्दै छ।सरकारले बिश्व स्वास्थ्य संगठनले सुझाएको अनुसार लकडाउन गर्यो तर के लकडाउन गरेपछि गर्नु पर्ने परिक्षण, ट्रेसिङ्ग, ट्र्याकिङ्ग, क्वारेन्टाइनको ब्यबस्था, इक्विपमेन्ट, मेडिसिन र खाद्यान्नको पहुँच आदि क्षेत्रमा के कस्तो गर्यो यस्को लेखाजोखा गर्दा ज्यादै निरासाजनक स्थिति छ।
लकडाउनले सबै क्षेत्र र तप्कालाई असर नगरेको होइन तर बिपन्न, गरिव, निम्न आय र दैनिक ज्यालादारीकालागि काल जस्तै भएर आएको सर्वविदितै छ र अब अढाई महिना पछि मध्यमवर्ग पनि भोकको चपेटामा गाँजिदै छन र उनिहरुको चुल्हो बन्द हुने अवस्थामा पुगेको छ।यो अवस्थामा सत्ताको ध्यान कता छ? सरकार केका लागि?र यो भन्दा लाजमर्दो के हुन्छ भन्ने यक्ष प्रश्न तपाई हाम्रा सामु खडा भएको छ।
लकडाउन पछिको ब्यबस्थापन र स्वास्थ्य परीक्षणमा भएको लापरवाही र भ्रष्टाचार जगजाहेरै छ।अझ क्वारेन्टाइनको अब्यबस्था,अस्तव्यस्तताका अराजकता र स्तरहिनताका समाचार आइरहेका नै छन् ।आर्थिक अभावले किसान,सानाठूला ब्यबसायी उधोगी समेत सबै आतङ्कित भइरहेका छन।
अर्थमन्त्री जेष्ठ मसात सम्म लकडाउन लगाउदै हावादारी बजेट ल्याएर करको ताकेतामा छन।
बास्तबिकतामा मुलुकको आम्दानी घटेको, बाह्य ऋण र सहयोग प्रयाप्त नपाउने अबस्था श्रिजना भएको र संबैधानिक ब्यबस्था नै अचाक्लि खर्चिलो भएको, बैदेशिक र आन्तरिक रोजगारीमा ठुलो ह्रास, उत्पादन सुन्य,निर्यात सुन्य बराबर र खाद्यान्न समेत आयात गर्नु पर्ने भइ उच्च ब्यापार घाटा छ।
पुँजीगत खर्च कार्यान्वयन बजेटको निरास पक्ष छ भने त्यसमा पनि नितिगत र संस्थागत अपचलनको जरा गहिरो छ।
साधारण खर्च नै मुलुककोलागि बिशाल खाडल भएपछि ,यो महारोग र महाभोक सरकार र राज्यको बुता बाहिर छ ,यसर्थ यो महासंकट एउटा दल, राज्य,सरकारकोमात्र नभइ सम्पुर्ण नेपालीहरुको पनि भएको हुनाले अब सत्ताले यो असैह्य बोझिलो संबिधान निलम्बित गर्दै बृहत राष्ट्रिय एकताको पहल ढिलो भैसकेको छ।
यो विकराल परिस्थितिको सम्बेदनशिलतालाई नबुझ्ने हो भने अब मुलुकमा असन्तुष्टि, लुटपाट, डकैती, अराजकता र असंगठित बिद्रोह जस्ता असामाजिक गतिविधि देखापर्नेछन र मुलुक असफलताको दुस्चक्रमा फस्नेछ ।
हामी देशभक्त राष्ट्रवादी शक्ति र सम्पुर्ण नेपाली नागरिक मुलुकको यो बिषम परिस्थितिमा सबै मनोमालिन्य त्याग्दै देशवासीको बृहत्तर हितको लागि सहकार्य र सहयोगको लागि तयार छौ।हरेक संकटको चुनौतीको सामना गर्दै, संकटलाई शक्तिमा बदल्दै आगामी भबिस्य र समाज निषेध र विभेद रहित र सुरक्षित बनाउँने तपाई हामी सबैको कर्तव्य हो ,सबैमा चेतना भया!