हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्र को प्रभाव रहेको छ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भएको छ | मौसम पुर्बानुमान माहाशाखाले गरेको तीन दिने पुर्बानुमान अनुसार आज जेठ २४ गते (शनिबार) को मौसम यस्तो रहनेछ।
दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली रही सु.प. प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,२, र बागमती प्रदेश मा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन समेत महाशाखा अनुरोध गरेको छ।
(जारी मितिः २०७७-०२-2२, साँझ ०६:०० बजे)