मुग्लानी खबर डटकम
गणेश ब्लेन्थेन (कतार) नयाँ शक्ति नेपाल ISN कतारको आदिवासी जनजाति विभागको प्रथम अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम दोहाको अल नकायन रेस्टुरेन्ट नज्ममा सोमबार भब्य रुपले सम्पन्न भएको छ । दिलिप लोप्चन तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन कार्यक्रममा प्रमुख अतिथि नेपाल देखि आमन्त्रित नयाँ शक्ति नेपालका राष्ट्रिय मामिला संयन्त्र संयोजक तथा पुर्व नेपाल तामाङ घेदुङ केन्द्रका अध्यक्ष पर्शुराम तामाङ रहेको थियो भने विशेष अतिथिहरुमा बि,बि बराल केन्द्रिय सदस्य तथा संयोजक INS कतार , लाल भट्ट संगठन बिभाग प्रमुख INS कतार , एन आर एन कतारका अध्यक्ष बिनेस तामाङ , जनजाति महासंघ कतारको दितिया उपाध्यक्ष पुरशोतम सुनुवार , नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष तिर्थ थिङ तामाङ , नेपाली संघीय समाज कतारको अध्यक्ष डि एन मगर , नेपाल मगर संघ शाखा कतारको दितिया उपाध्यक्ष सेर बहादुर रोका मगर , राई यायोख्या सेवा कतार लगायत विभिन्न जातीय संघ संस्थाको प्रतिनिधि र बैचारिक संघ संस्थाको प्रतिनिधित्वहरुको बाग्लो उपस्थिति रहेको थियो ।
पहिलो चरणको कार्यक्रम राष्ट्रिय धुन बजाएर सुरु गरेको थियो र देशको लागि ज्यान बलिदान दिने हजारौं सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरेर कार्यक्रमलाई अघि बढाउँदै निमा लोप्चन तामाङले सबै उपस्थित पाहुनाहरुलाई स्वागत मन्तव्य दिएर स्वागत गरेको थियो । मन्तव्यकै क्रममा विभिन्न संघ संस्थाको प्रतिनिधिहरुले आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित र एकताले मात्रै देश उन्नति बिकासमा अघि बढ्ने ठोकुवा गर्दै सबै जना एक ढिक्का भएर लाग्नु पर्ने जस्ता विभिन्न आ- आफ्नो तर्कहरु राख्दै बधाई तथा शुभकामना मन्तव्य दिएको थियो नयाँ शक्ति कतारका अधिवेशनबाट निर्वाचित हुने पदाधिकारी ज्यु हरुलाई । यसैगरी विविध साँस्कृतिक कलाकारहरुले जनवादी गीत नृत्य प्रस्तुतिहरु बाट उपस्थित सबै पाहुनाहरुलाई निक्कै नै मनोरञ्जनको कोसेलीहरुले भरपुर आनन्द दिलाएको थिए ।
कार्यक्रममा प्रमुख अतिथि पर्शुराम तामाङले नयाँ शक्तिले मात्रै देशको आर्थिक उन्नति र प्रगति हुने बताउँदै देश बिदेशमा छरिएर रहेको सबै आदिवासी शोषित पीडित जनजातिहरुले अब नयाँ शक्ति पार्टीको मार्ग दर्शन अपनाउन लाई पनि आह्वान गर्नु भयो । उहाँले पार्टीको भावी कार्ययोजनाहरुको बारेमा प्रष्ट्याउँदै नयाँ शक्तिले छोटो समयमै धेरै उपलब्धि मुलक कार्यहरु गरेको पनि स्मरण गराउनु भयो ।
अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरु :
१, प्रमुख सल्लाहकार - दिलिप लोप्चन,
२, सल्लाहकार - पुष्प मोक्तान तामाङ ,
३, सल्लाहकार - निमा लोप्चन तामाङ ,
४, संयोजक - निमा योञ्जन तामाङ ,
५, सह संयोजक - पेमा तामाङ रुम्बा ,
६, सह संयोजक - सक्षम दोङ तामाङ ,
७, महासचिव - निरकाजी तामाङ ,
८, सजिव - आशिष मोक्तान तामाङ ,
९, सह सजिव - धन श्रेष्ठ ,
१०, कोषाध्यक्ष - मोहन ब्लोन तामाङ ,
११, सह कोषाध्यक्ष - दिपेस लोप्चन तामाङ ,
१२, सदस्य - कुमार गुरुङ ,
१३, सदस्य - श्याम लाल तामाङ ,
१४, सदस्य - रोशन ग्लान तामाङ ,
१५, सदस्य - राजु तामाङ ,
१६, सदस्य - शर्मिला स्याङ्बो तामाङ ,
१७, सदस्य - शुवस बल तामाङ ,
१८, सदस्य - प्रेम मार्पा तामाङ ,
१९, सदस्य - रजिना तामाङ ,
२०, सदस्य - सिरचन तामाङ ,
२१, सदस्य - अस्मिता गोले तामाङ ,
२२, सदस्य - भिम बहादुर तामाङ ,