पनौति जात्रा या ज्यापुन्ही ९ दिनको बिस्तृत चाड हो, जेष्ठ शुक्ल दशमीमा शुरु भई यो चाड असार कृष्ण तितृया तिथिमा समापन हुन्छ । गैंणु पूर्णिमाको यस पूर्णिमालाई चाँही ज्यापुन्ही भनिन्छ, आजका दिन नै गौतम बुद्ध आफ्नो राजकाज छाडेर ज्ञानको खोजिमा निस्केका हुन्, आउनुहोस् ज्यापुन्हीको अवयवहरुका बारे चर्चा गरौं । पालकी र रथहरुको समिक्षण भएको यस पर्वको बाग्मती सभ्यतामा ठूलो महत्व छ, यस जात्राको मौलिकता चाँही काठमाण्डौ भन्दा ३० किमी दक्षिणपूर्वको प्राचिन अनि पवित्र शहर पनौतिसंग जोडिएको छ ।
यस शहरको छेउछाउमा दुईवटा पवित्र नदिहरु रोशी र पुन्यमती बग्दछन्, प्राचिन कथनका अनुसार यस पवित्र शहरमा तेश्रो नदि माता पार्वती स्वयम पद्मवतीका रुपमा प्रवाहित हुन थाल्नुभयो, यसरी ३ वटै पविश नदिहरुको संगमस्थल त्रिवेणी भएको यस शहरमा हरेक १२ वर्षमा बिशाल जात्रा पनि लाग्दछ । श्रद्धालुहरुले माता ब्रह्मयानी र ईन्द्रेश्वर महादेवको पालकीलाई शदियौं देखि आफ्नो काँधमा राखेर परिक्रमा गराउने चलन रहिआएको छ, यस पवित्र शहरका हरेक पुस्ताले यस श्रद्धालाई निरन्तरता दिएका छन् । यसै गरि भैरव र भद्रकालीको रथ पनि परिक्रमा गराइन्छ, महादेवलाई वलि नचढ्ने भएकाले महादेवको सहभागीता भनें यस जात्रामा अन्य तान्त्रिक देवताहरुको साथमा हुने विश्वास गरिन्छ । दशमीका दिनमा पुजारीहरुले तान्त्रिक देवताहरुलाई आव्हान गर्दछन्, यस आव्हान पछि मात्र भगवानका प्रतिमाहरुलाई मन्दिर बाहिर निकाल्न पाइने र खुल्ला आकाश मुनी राख्न पाइन्छ । श्रद्धालुभक्तजनहरुले यसरी मन्दिर बाहिर राखिएका देवदेवताका प्रतिमाहरुलाई प्रभातकालमा नै फलफुल नैवेधआदि चढाउछन् । यसरी दशमीको आव्हान पछि समग्र शहर नै यस जात्रामा व्यस्त हुन्छ, तन्त्र अनि अध्यात्मको एउटा बेग्लै रस र जोश शहरमा देखिन्छ l
यस जात्राको चौंथो दिन चाँही विशेष रहन्छ, यस दिन पुन्यमति खोला पारि हरेका माता ब्रह्मयानी र भद्रकालीलाई तान्त्रिक आव्हन गर्नका लागि एउटा पूजारी, एउटी महिला र एकजना भरियाले पुन्यमति खोला तर्दछन् । महिला सदस्यलाई स्थानीय भाषामा दुइन भनिन्छ, भरिया र पुजारी पुरुष हुन् भनें एकजना मात्र महिला महिला देवीलाई तन्त्रले आव्हान गर्ने समुहमा पुन्यमति खोला तर्दछिन्, महिला सहभागीता र महत्वको स्पष्ट झल्को दिने यस खोला तर्ने समग्र परम्परा नै महिला सदस्यको नेतृत्व अनि महिला देवीको महत्वमा गरिन्छ । प्राचिनकालमा यसरी खोला तर्दा पुन्यमति खोलमा बाढी आएको र उक्त समयमा वासुकी नागले सहयोग गरेका किस्साहरु पनि दुरुस्तै छन् । यसै किस्सालाई आजपनि नदि तर्दा जिवन्त पारिएको हुन्छ, बिभिन्न झाँकी र अभिनयहरु द्धारा यस घटनालाई देखाइन्छ, यो जात्राका हरेक दिनहरु रोचक रहन्छन् । राती खोला पारि तान्त्रिकहरुले का पूजा गर्दछन्, पाँचौं दिन मु जात्रा गरिन्छ । यस दिन पुन्यमतिवाट रथहरु तानेर रोशी खोलाको किनार गैनेपाटीसम्म ल्याइन्छ । आज चाँही छैठौं दिन अनि पूर्णिमा हो, आजको दिनलाई पनौति स्नान गर्ने दिन पनि भनिन्छ, पनौतिका पवित्र खोलाहरुमा स्नान गर्नाले आजको दिनमा अत्याधिक पुन्य प्राप्त हुने बताइन्छ । इन्द्रेश्वर र ब्रह्मयानीको रथलाई सोह्रखुटे हुँदै मुख्य चोकमा राखिन्छ, इन्द्रेश्वर महादेवको रथमा सवार पुजारीहरुलाई रथ बोक्नेहरुले झार्न सकेमा पूजारीहरुले रथ बोक्नेहरुलाई १ तोला सुन दिनुपर्ने हुन्छ, यसअर्थ रथ बोक्नेहरु पुजारीलाई झार्ने हरसंभव प्रयास गर्दछन्, यो रमाइलो दृश्य हुन्छ ।
नेवा पात्रोको आठौंमहिना तछला हो जुन बिक्रम संवतको जेष्ठ महिनासंग ठोकिने गर्दछ । तछला नयाँ चन्द्रमासंगै शुरु भएर १५ औं दिनमा पूर्णचन्द्र पर्न आँउदछ । यस मासलाई पनि शुक्लपक्ष र चन्द्रपक्ष गरि दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ ।
अब यसमासले अर्थात तछलाले ल्याउने दुईवटा महान नेवा चाडहरुलाई यहाँ प्रस्तुत गर्न चाह्यौं जसमा शुक्ल पक्षको षष्ठिमा सिथी नखः पर्दछ । यस सिथी नखः को विवरण त हामीले यसअघि सिथी नखः चाडकै दिन पनि दिएका छौं । सक्षेपमा यस सिथी नखः पानीका मुहान सरसफाई, समुदाय एकता अनि कुमार कार्तिकको अर्चना गरिने पर्व हो । यस दिन बिशेष परिकार वो खाने चलन छ र यस दिन पानीका मुहानहरु सरसफाई गर्ने चन रहने गरेको छ ।
अब पूर्णचन्द्रको दिनको कुरा गरौं जसलाई गैंडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्धमार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् । बौद्धमार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात पूर्णीमा नै हो । यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजिमा घर छाडेर निस्केको बताइन्छ ।
बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरु उठ्ने गर्दछन तथापी केही बौद्धमार्गी ग्रन्थहरुमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्तीक लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।
कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउनका लागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्व ज्ञान अनि त्यागसंग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रुपमा उल्लासका साथ मनाँउदछन् ।
यस पूर्णेलाई काभ्रेको पनौतिमा अझ उल्लासका साथ पनौति पुन्हि नाम दिएर मनाइन्छ ।
यस जात्राको रथमा उन्मत भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीकोे प्रेमरस अनि यौनउन्मात पनि अप्रत्यक्ष रुपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरु राती महिला अन केटाकेटीसंग लुकाएर गर्ने चलन छ ।
रथयात्राका क्रममा रथहरुलाई नगरका बिभिन्न ठाँउमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र सस्कार र अर्चना अनि जात्राका सस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिगर्मनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान ब्रह्मयनी र ईन्द्रेश्वर महादेव को प्रतिमा बोकेर पनौति बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरुपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् ।
तर शुक्लपक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरुलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रुपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्व छ । यस रितलाई पनौति स्नान पनि भनिन्छ ।
थोरै किंबदन्ती उक्काउन चाह्यौं जब धेरै वर्ष पहिले पुण्यमती खोलामा भीषण बाढी आएको थियो अनि पुजारीले त्यस खोला तरेर ब्रह्मयनी र भद्रकालीको पुजा गर्न पारी जानुपर्ने थियो । त्यसै वखत पुजारीले वासुकी नागसंग सहयोग मागेर खोला तरेको प्रसंग पनि यस पुन्हि र समग्र जात्राभर सुनिन्छ ।
यसवर्षका चाडपर्वहरुको फेरिहिस्त फरक भएको छ, पर्व, जात्रा, रौनक अनि भेला घरभित्रै सिमित भएको छ, पनौति जात्रा पनि त्यस उत्सर्ग, सहभागीता र रौनकका साथ गरिनेछैन, आशा गरौं आउने वर्षहरुमा सबै कुराहरु यथावत रुपमा गर्न पाइयोस्, यस वर्ष घरको चार भित्ता भित्रै वाट बन्दना ।
हाम्रो पनौति नामक फेसबुक पेजले यस वर्ष पनौति जात्रा, क्षमा पूजा स्थगन गरिएको उल्लेख गर्दै पोष्ट गरेको छ, कोरोना त्रासले यसवर्ष रथ नबनाइएको बताइएको छ, यि रथहरुमा इतिहाँस छ, काठका रथमा सुनका संझना छन्, सबैलाई शुभकामना ।
यसवर्षको ज्या पुन्हि या पनौति पुन्हि या गैहुं पूर्णे जे भनेपनि यस पूर्णेको शुभकामना । शुक्लपक्षको पूर्ण चन्द्र झैं हाम्रो जीवनमा शान्त, सभ्य, सकारात्मक अनि प्रेरणादायी उर्जावान सदैव चलायमान होस् ।हाम्रो पात्रोबाट ....