हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्र को प्रभाव रहेको छ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भएको छ |
आज जेठ २३ गते (शुक्रबार)का दिन मौसम तथा जलवायु यस्तो रहनेछ।
दिउँसोः प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश ५, सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश 2 र बागमती का १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू-भाग का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भू-भाग मा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पुर्बानुमान माहाशाखाले अनुरोध गरेको छ ।
(जारी मितिः २०७७-०२-2२, साँझ ०६:०० बजे)