हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको Deep Depression को आंशिक प्रभाव रहेको छ।
हाल देशैको सु.प प्रदेश र प्रदेश न. १ को पहाडी भू-भाग तथा अन्य प्रदेशमा सामान्य बदली र बाँकी भू-भाग समान्यतया मौसम सफा रहको छ ।मौसम पुर्बानुमान माहाशाखाका अनुसार आज जेठ २२ गते (विहीबार)को मौसम यस्तो रहनेछ।
दिउँसोः प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
देशका प्रदेश १ लगायत बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का पहाडी भू-भागका थोरै स्थानहरुमा स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत माहाशाखाले अनुरोध गरेको छ ।
जारी मितिः २०७७-०२-२०, साँझ ०६:०० बजे