हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’(Cyclonic Storm 'NISARGA') को आंशिक प्रभाव रहेको छ।
हाल प्रदेश न. १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ ।मौसम पुर्बानुमान माहाशाखाले तीन दिने पुर्बानुमान गरे अनुसार आज जेठ २१ गते (बुधबार) को मौसम यस्तो रहनेछ।
दिउँसोः प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सु.प. प्रदेशका भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देश भरि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सम्पुर्णमा माहाशाखाले अनुरोध गरेको छ ।
(जारी मितिः २०७७-०२-2१, बिहान ०६:०० बजे)