वसन्त राज सुब्बा ( झापा) - संघीय लिम्बुवान मञ्च, नेपालका स्थानिय तथा लोकप्रिय नेता हनेरी कप्तान याम प्रसाद लावतीको निधन भएको छ।
झापा , कमल गाउँपालिका वार्ड नं ४ का स्थानिय निवासी चार पाँच महीना देखि रोगले ग्रसित हनेरी कप्तान लावतीको हिजो मिति २०७७ जेष्ठ १९ गते सोमवार आफ्नै निवासमा निधन भएको छ ।स्व. लावती निस्वार्थ रुपमा सामाजिक कार्यमा आवद्ध तथा स्थानीय राजनीतिक क्षेत्रमा आवद्ध संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , संघीय लिम्बुवान मञ्च नेपालको साविक तोपगाछी हाल कमल गाउँपालिकामा स्थापनकाल देखि ४ कार्यकाल सम्म अध्यक्ष पदमा रहेका लावती शारीरिक अस्वस्थताका कारण राजीनामा दिएका थिए । उनका श्रीमती , छोरा बुहारी , छोरी ज्वाइ, नाती नातीनी बुहारी गरी १२ जनाको परिवार रहेका छन।
तत्कालीन नेपालको सुदूर पूर्वमा पहिचान, सम्मानता हक अधिकारको लागि जोड़दार आन्दोलनमा ( तोपगाछी ) कमल गाउँपालिकाको तर्फबाट लिम्बुवान कमाण्डरहरु संग एक ढिक्का भई केर्खा , दमक , दुधे जस्तो विभिन्न ठाऊँहरुमा शसक्त आन्दोलनमा आवद्ध रहेका थिए।
उनकै कार्यकालमा लिम्बुवान आन्दोलनमा शहीद माङतोक राज कुमार आङदेम्बे प्रथम शहीद भएका थिए । अहिले नेपालमा कोरोना कहरको संक्रमित आतंकले मच्चाई रहेको बेला उनको आज पाड़ाजुगी अंतुष्टीमा चर्को गर्मीका बाबजुद उनको सामाजिक र राजनीतिक योगदानको उच्च मूल्याकंन गर्दै करिब ६०० भन्दा बढ़ी मलामीहरुको सहभागितामा अन्त्यष्टी गरिएको छ।
उनको पार्थिब शरीरलाई दफन गर्न अगाडि संघीय लिम्बुवान मञ्चका कमलगाउँपालिका एकाई कमिटी देखि केन्द्रीय नेताहरुले श्रद्धाञ्जली दिएका थिए । केन्द्रीय नेता सूर्य प्रसाद याक्पादेनबाट सहजिकरण गर्दै पार्टीको झण्डा केंद्रीय सल्लाकार अम्बर बहादुर राई , केन्द्रीय उपाध्यक्ष ज्ञानु ईम्बुङले लिम्बुवान पार्टीको झण्डा ओढ़ाई सम्मान गरिएको थियो। पार्टीका केंद्रीय सचिव विष्णु भट्टराईले कार्यक्रम संचालन गरेकि थिइन भने अन्तिम काज क्रिया २०७७ जेष्ठ ३० गते हुने मृतकका परिवारले बताएका छन् ।