हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव छ साथै, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ।हाल प्रदेश २ मा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहको छ ।
आज जेठ २० गते (मंगलबार) मौसम पुर्बानुमान माहाशाखाका अनुसार आजको मौसम यस्तो रहनेछ।
दिउँसोः प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। देशको प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको प्रदेश १का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि देशका प्रदेश १ लगायत बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का पहाडी भू-भागका थोरै स्थानहरुमा स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत माहाशाखाले अनुरोध गरेको छ
(जारी मितिः २०७७-०२-१९, साँझ ०६:०० बजे)