कमल खरेल (साउदी)- चिनको वुहान शहरबाट शुरू भएर आज विश्व माहामारीको रूपमा covid-१९ यानिकि कोरोना भाइरसका कारण संसार भर डर मात्र छाएन कि थुप्रै मान्छेहरूको ज्यान समेत लिई सकेको छ ! जस्का कारण हामीहरू पनि बिदेशिभूमिमा कैदी सो- सरह जीवन विताउन बाध्य बनेका छौ ! जस्को कारण व्यावसायिकहरूलाई निकै असर पर्नुका साथै रेमिट्यान्समा समेत भारि असर पर्न गएको देखिन्छ |
समय कहिले,कस्तो आउछ कस्लाई थाहा हुन्छ र ? हामीलाई त बस ! यति सम्म मात्र थाहा हुन्छ कि ? भूत र बर्तमान,भविश्य कस्लाई थाहा हुन सक्छ अगन्य रूपमा भविश्यवाणी गर्लान अलक कुरा हो | त्यसैले धेरै सोचेर आँफैले आँफै लाई आज धिक्कार्दै छु, २ महिना देखी बिदेशी भुमिमा कर्फ्यूको नाममा कैदी झै बाँच्न वाध्य बनेका छौं, अझै अन्य कती महिना यस्तै जिवन बाँच्न बाध्य पार्ने हो थाहा छैन ! यहाँ का श्रमिक मजदुर हरु सँग न त काम छ, न त माम छ, न त खाने खर्च नै छ, लामो समय देखी एउटा सानो कोठामा 8/10 जना कोचिएर बस्नु परेको बाध्यता अझ काहानी योग्य बन्दै गएको छ |
पछिल्ला दिनहरूलाई हेर्ने हो भने मध्य पूर्वी देशमा कार्यरत नेपाली दाजु,भाइ र दिदी बहिनीहरू मानसिक तनाबै तनाबमा रहेको देखिन्छ , सामान्य रुघा,खोकि लाग्यो भने अस्पतालले उपचार् गर्न मान्दैनन, आफ्नो रोजगारदाता कम्पनी ले स्वस्थ शरीर हुन्जेल नेपाली मिया मिया भनेर फुर्क्याउदै गधाले झै मरुन्जेल काममा लदाउछ, बिरामी भइयो भने उपचार् मा सहयोग त परै जाओस अस्पातल सम्म पुग्नलाई गाडी को ब्यबस्था पनि गर्दैन! कस्तो विडम्वना छ प्रवासी नेपालीहरूको पीडा राज्य व्यवस्थापन पक्षलाई तमासा बन्दै पीडा प्रष्ट रूपमा बढेको छ बैदेशिक रोजगार नेपालीहरूमा सरकारले ल्याउनु पर्ने उचित व्यावस्थापन गरेर स्वदेश फिर्ता पठाउला कि भनेको पैसा हुने र पहुंच हुने वला हुने खाने बर्गका ब्यक्ती हरुले मात्रै राहत पाउने रे ! बिचरा वास्तबिक पीडित हरुलाई नबनाइदिएका,ंअबनाइदिएका,ँअबनाइदिएका त रोजगारदाता कम्पनी ले बहिर्गमन भिषा नै दिन्छ न त रोजगार नै दिन्छ, न त तलब सेवा सुबिधा नै दिन्छ अनी यिनै बर्गका ब्यक्ती हरु राज्य ब्यबस्थापन को तर्फ बाट पनि आसै आसमा निरास हुनु परेको अवस्था छ !
प्रवासमा रहेका अाप्रवासी कामदारहरूलाई यहाँका केही कम्पनीहरूले कोरोना को बहानामा उल्टै 2/3 महिना को तलब रोकिदिन्छ, आफुले पाउने तलब सेवा,सुविधाहरू माग्दा उल्टै लात्ती खानु पर्छ, न्यायको लागि श्रम अदालत धाउँदा धाउँदा कपाल फुल्छ तर न्याय पाइदैन, यस्तो अन्याय अत्याचार सहेर बस्नु भन्दा आफ्नै मुलुकमा फर्किन पाउँ भन्दा नेपाल सरकार ले रोग बोकेर आउछ भनेर होला यिनै उपक्षित बर्गलाई नै आफ्नो मुलुक फर्किन पहिलो प्राथमिकता बन्चित हुन्छन ! हेल्लो मेरो सरकार यि उपेक्षित बर्ग हरुलाई सिर्फ चुनावमा प्रयोग गर्ने हतियार मात्र संझेका त छैनौं ? नत्र भने नेपाली जनतालाई स्वदेश फर्किने शु-सुनिश्चित वातावरण वनाउ र सहज रूपमा नेपाल फर्किन प्रत्येक कोरोना पिडित मुलुकमा कार्यरत कामदारलाई स्वदेश फिर्ता गर रेमिटेन्स त मान्छे रहे भोलि पनि आउछ सरकार |
नेपालीहरूको छुट्टै अलग टुहुरे पीडा बोकेर अाँशुलाई शान्त्वनाको एक ढिक्का अौषधी संझेर टुलु टुलु टिलपिलाउदै साथमै काम गरेका अाफ्नै कम्पनी बाट भारतीय मुलका नागरिक, पाकिस्तानी मुलका नागरिक लगायत अन्य मुलुकका नागरिक हरु हाँसी हाँसी आफ्नो मुलुक फर्किदै गरेको दृष्य हेरर बस्नु परेको छ ! नेपाल को राजनीतिक अवस्था लाई हेरेर अहिले पछुताउदै बस्नु परेको बिगतमा जिताएको तमासाको पराकाष्टा बनेको छ, सम्रिद्ध नेपाल सुखी नेपाली को नारा बोकेर भोट् माग्न आउने नेता ज्युहरु लाई उत्साहित भएर झन्डै दुई तिहाइ जनमत दिएर सरकारमा पठायौ नत नेपाल सम्रिद्ध नै भयो नत हामी नेपाली सुखी भयौँ |
बरु यथार्थमा देखिएका एकात्मक भ्रष्टचारिक,अन्यायिक एकात्मक शक्तिको नेता ज्यूहरुले ३ पुस्ते सम्मको परिवार मात्रै सुखी बनायौ! lock down को समयमा नेता ज्युहरु काम नगरि घर मै बस्दा पनि खन खनी तलब आउदो रहेछ यता हामी मजदुर हरुले ४५ डिग्री को तापक्रममा मरुन्जेल काम गरेको तलब नपाएर मरिरहेका छौं ! थुइक्क हामी नेपालीहरु को जिन्दगी न मरिजानु न गरिखानु !
यदी हामी बाँचेर नेपाल फर्किएछौं भने यदी नेपाल देश रहेछ भने र फेरी पनि निर्वाचन भएछ भने यस्तो पिडा भोगी सकेका हामी अभागि नेपाली हरुले यही ब्यबस्था र यही ब्यबस्था का हिमायति हरुलाई पुन भोट् दिन को लागि तपाईं हाम्रा पाइला हरु अगाडि बढ्लान र ....???