"घुम्दै फिर्दै रुम्जाटार" भने जस्तै फेरि आज जेष्ठ १९ गते पुनः आईपुगेको छ।विशेष गरि प्रत्येक बर्षको जेठ १९ गतेले हरेक नेपाली नागरिकको मुटु सिरिङ्ग बनाउछ अनि सोच्न बाध्य बनाउछ १९ बर्ष बिति सक्दा पनि तत्कालीन समयका जनपृय स्व. राजा बिरेन्द्र वीर बिक्रम शाहदेवको परिवारको बङ्श नास हुने गरि गरिएको राजदरबार हत्याकाण्ड कस्ले घटायो? किन घटायो? र छानबिन र कार्बाहि कुन सत्ता र शक्तिले गर्ला?
नेपालको इतिहासमा कालो दिनको रुपमा १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्या सहित राजपरिवारका १० सदस्य मारिएका थिए । साथै अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाह लगायत ९ जनाले उक्त राजदरबार हत्याकाण्डको घटनास्थलमै ज्यान गुमाएका थिए।तर उक्त घटनामा कति जना मारिए र कति जना घाईते भए भन्ने एकिन भने भएन।स्व. राजा बिरेन्द्र लगाएत स-परिवारको हत्या भएपनी पुर्बराजा ज्ञानेन्द्र शाहका परिवारलाई भने केही भएन भने पुर्ब रानी कोमललाई भने गोलि लागेको थियोे।
यस प्रकरणपछि घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार दिइयो । दरबार हत्याकाण्डमा ज्यान गुमाएका सबैको सामुहिक दाहसंस्कार गरियो । तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो । त्यसपछि ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बने ।
युवराज दिपेन्द्रले लागुऔषधको उच्च नशामा रहेका बेला आवेशमा आएर जथाभावी फायरिङ गरेको र अन्त्यमा आफैलाई गोली प्रहार गरेको ठहर दरबार हत्याकाण्डको उच्चस्तरीय छानविन समितिले गरेपनि यस प्रतिवेदनमा शंका गर्न सकिने प्रशस्त आधार भेटिएकाले सर्व स्वीकार्य हुन सकेन अर्थात् हत्याकाण्डलाई धेरैले रहस्यमय रुपमा ठाने ।अहिलेसम्म पनि थुप्रै बिद्वान बिश्लेषक,लेखकहरु विभिन्न किसिमका अड्कल बाजि गरिएपनी एथेष्ट प्रमाण सहित हत्यारा को भनेर निर्क्यौल गर्न सकेनन।थुप्रै सत्ता फेरिए नेता फेरिए हाम्रो सरकार आएपछि दरबार हत्याकाण्डका दोषिलाई जसरी पनि पत्ता लगाएर कार्बाही गर्ने दावा गर्दै सडक र सदन तताए तर पत्ता लगाउन त के कसैले कुरो पनि उठेन।
यस हत्याकाण्डको ७ वर्षपछि २०६५ साल १५ जेठमा संविधानसभाको पहिलो बैठकले नेपालबाट विधिवत् रुपमा राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा ग-यो । राजा ज्ञानेन्द्रले सामान्य नागरिकको जीवन बिताउने घोषणा सहित नारायणहिटी दरबार छाडे ।त्यस पस्चात पनि धेरै सरकार फेरिए,मन्त्री फेरिए,सत्ता फेरिए तर १९ बर्ष बितिसक्दा पनि राजदरवार हत्याकाण्ड गुमनाम छ अझै कहिले सम्म गुमनाम यहि प्रश्न आम जनमानसमा खड्किरहेको छ।अन्त्यमा स्वर्गबासी राजा बिरेन्द्र लगाएत सम्पुर्ण मृतक परिवार प्रती हार्दिक श्रद्धाञ्जली ।