मुग्लानी खबर
२८ जुन २०१७-बुधबार
इस्लामिक महान पर्व ईद अलफितरको पावन अवसरमा Barwa worker Stadium अलखोर कतारमा ट्र्याग्स कम्पनी अन्तर्गत रहेको "Trags Youth Group" को आयोजनामा ईदको पहिलो दिनबाट शुरु गरिएको नेपाली समुदाय बिचको खुल्ला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा Redco Boys "B"ले बिजयीको उपाधी हात पारेको छ।
HBS Vs Redco Boys"B" ले खेलेको अन्तिम खेलमा ०-१ गोलको हवाला दिदै Redco Boys "B"ले HBS का बिरुद्ध आफ्नो जित सुनिस्चित गरेको थियो भने सेमि फाईनलमा क्यु कन र ओ टि एस टीमहरु पुगेका थिए।खेलको सुरुवात देखि अन्त्य सम्मको नतिजा हेर्दा बेस्ट प्लेयर-रोशन खड्का(HBS), बेस्ट कप्तान-नारायण गुरुङ(HBS), बेस्ट गोल किपर- अन्जान मगर(Q.Con) र सर्बाधिक गोल कर्ता-मोहोन गुरुङ(Redco Boys "B")बाट रहेका थिए।
सस्थाका अध्यक्ष प्रबिण घिमेरेको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी सन्ध्या ग्रुप कतार तथा नेपाल प्रबाशी तामाङ समाज कतारका प्रमुख सल्लाहकार थर्च लामा हुनुहुन्थ्यो।त्यसै गरि बिशेष अतिथीहरुमा बिरेन्द्र कुमार याक्थुङ्बा,बिष्णु केसी,चलचित्र निर्देशक सुरज तामाङ,बिजय यादव लगाएतका ब्यक्तित्वहरु थिए।अतिथिहरुमा कुल बहादुर वानिम,भबिलाल सुनार, लगाएत विभिन्न संघ सस्थाका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।कतारका विभिन्न ठाउमा कार्यरत करीब २० वटा टीमले खेलमा भाग लिएका थिए।खेल एकदमै सृजनात्मक र अनुशासन पुर्ण ढङ्गले भएको थियो।उक्त खेलको सुरुवात देखी रेफ्रीको भुमिकामा सुमन गुरुङ,मिलन लिम्बू,बुद्ध राई,मीन ब.परियार,दिवाकर धिमाल,टेकमान गुरुङ,बुद्धि गुरुङ,कृष्ण लिम्बु,अमर थापा र राज कुमार लिम्बू थिए।
कार्यक्रमका प्रमुख अतिथी थर्च लामाले बोल्दै नेपाली समुदाय बिच भएको यो मैत्रीपुर्ण फुटबल खेल बिगतका दिनहरु भन्दा पृथक रहेको र खेलाडी हरु पनि त्यतिकै अनुशासन र खेलको मर्यादा भित्र रही खेल खेलेर कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पार्न सहयोग गरेकोमा धन्यबाद दिनु भएको थियो।यो खेलमा आयोजक र खेलाडीहरुले निर्बाह गरेको भुमिकाबाट आगामी दिनमा सबैले केही पाठ सिक्नुपर्ने समेत बताउनु भयो साथै आफुलाई सन्ध्या ग्रुप तथा नेपाल प्रबाशी तामाङ समाजको तर्फबाट प्रमुख अतिथिमा निमन्त्रणा गर्नु भएकोमा आयोजक टीमलाई धन्यवाद समेत दिएका थिए।
सस्थाका बिशेष सल्लाहकार द्वय रोशन तामाङ र नगेन्द्र बिकले कार्यक्रम सन्चालन गर्नुभएको थियो।यो कार्यक्रमलाई सफल पार्नको लागि एकदमै तन मन वचन बाट सहयोग पुर्याउनु हुने सस्थाका प्रमुख सल्लाहकार सुर्य गुरुङ,अन्य सदस्यहरुमा मानसिङ थापा मगर,योगिन्द्र वानिम,राजन पोख्रेल,रबिन्द्र तामाङ,सुर्य श्रेष्ठ,इन्द्र तामाङ,पारस क्षेत्री,अमर थापा,र खेल अबधिभर प्राथामिक उपचारमा सक्रिय मीन बहादुर थापा मगर र सबैको नाम समेट्न नसकिने भएकोले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्ण सस्था र ब्यक्तिहरुलाई मुल आयोजक टीमको तर्फबाट धन्यवाद दिएका थिए। बिजेताहरुलाई पुरुस्कार बितरण पस्चात कार्यक्रमका सभापति प्रबिण घिमिरेले कार्यक्रम अत्यन्तै सौहार्दपुर्ण र मनोरञ्जनात्मक भएकोले उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै इद अल फितरको उपलक्ष्यमा सुभकामना ब्यक्त गर्दै कार्यक्रम सकिएको घोषणा गरेका थिए।यो खेलमा पहिलो बिजेताको रासी ट्रफी, मेडल,सम्मान पत्रको साथमा नगद कतारी रियाल 1200/- रहेको र दोश्रो बिजेतालाई पनि ट्रफी,मेडल,सम्मान पत्र र नगद कतारी रियाल 800/-पुरुस्कार रहेको थियो।अन्तिम खेललाई मुग्लानी खबर डट कमको अफिसियल पेजबाट लाईभ प्रशारण गरिएको थियो।
थप तस्वीरहरु
भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नु होला
https://www.facebook.com/muglanikhabar/videos/1869811039946247/