आज बिक्रम सम्बत: २०७७ साल जेठ १८ गते आईतबार जेष्ठ शुक्ल नवमी ,नेपाल सम्बत: ११४० तछलाथ्व नवमी तदनुसार ३१ मे २०२०।आज शुर्योदय:०५:०८:३१,शुर्यास्त:१८:५४:४२,दिन मान १३ घ.४६ मि.को रहेको छ।त्यसैगरी नक्षत्र:उत्तर फाल्गुणी (भोभोली०३:१७:१५ सम्म), योग: बज्र (१६:४४:१६ बजे सम्म),चन्द्रोदय:१३:०५:५६,चन्द्र अस्त:०१:१४:०६,र चन्द्र राशी:सिंह(१०:३५ बजे सम्म) रहेको छ।
आजको राशीफल यस्तो रहेको छl
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक जमघटमा सहभागी भईएला । अचल सम्पत्तिको कारोवार हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्त्तीको भेटघाटले मन प्रसन्न हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । शिक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममापनि सफलता पाईनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभ र नयाँ योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । आफन्त र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । बैदेशिक क्षेत्र कमजोर नै हला । चुनौतीको सामना र काममा समस्या आउला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका आउन सक्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । साँझमा पैसा खर्च बढ्न सक्छ । - ज्यो.प. नारायणप्रसाद दुलाल