मुग्लानी खबर डटकम
गणेश ब्लेन्थेन (कतार) नेपाल प्रवासी तामाङ समाज कतारले हिजो मिति २७ जुन २०१७ मंगलबार दोहाको वेलकम डाईन रेस्टुरेन्टमा परिचयत्मक अन्तरक्रिया तथा बधाई सम्मान कार्यक्रमको आयोजना गरि नेपाल तामाङ घेदुङ केन्द्रको निवर्तमान अध्यक्ष वर्तमान सल्लाहकार तथा नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय संयन्त्र संयोजक श्री पर्शुराम तामाङलाई सम्मान र हलै मात्र सम्पन्न अधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्ष लगायत कार्यसमितिको पदाधिकारीहरुलाई बधाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
समाजको अध्यक्ष तिर्था थिङ तामाङको सभापतित्वमा महासचिव कमल योञ्जन तामाङले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि पुर्व तामाङ घेदुङ केन्द्रको अध्यक्ष तथा वर्तमान सल्लाहकार , नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय संयन्त्र संयोजक समेत रहनु भएको प्रभावसाली नेता पर्शुराम तामाङ रहनु भएको थियो। विशेष अतिथिहरुमा नेपाल प्रवासी तामाङ समाज कतारको निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार थर्चा लामा तामाङ , तामाङ समाज कतारको संरक्षण तथा संस्थापक अध्यक्ष सुक बहादुर तामाङ ,तामाङ समाज कतारको सल्लाहकार कुमार मोक्तान तामाङ,सल्लाहकार सुमन वाईबा तामाङ,तामाङ समाज कतारको अन्तर्राष्ट्रिय समन्वय विभागीय प्रमुख तथा छिमेकी मार्टको अध्यक्ष शाखां लाल तामाङ ,सन्ध्या ग्रुप कतारको अध्यक्ष बिरेन्द्र कुमार,अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्ष निमा योञ्जन तामाङ,नयाँ शक्ति नेपालको केन्द्रीय सदस्य तथा कतार संयोजक बि .बि. बराल लगायत विभिन्न जातीय संस्था तथा बैचारिक संघ संस्थाका प्रतिनिधिहरु बिशेष अतिथिमा उपस्थिति रहेको थियो।
कार्यक्रमलाई समाजको प्रथम उपाध्यक्ष तेज मोक्तान तामाङले स्वागत मन्तव्यबाट अतिथि पाहुनाहरुलाई स्वागत गरेको थियो भने संस्थापक अध्यक्ष तथा संरक्षण सुक बहादुर तामाङले तामाङ समाज कतारको गतिविधि पृष्ठभुमि को बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले तामाङ घेदुङ केन्द्रप्रती पनि असन्तुष्टि भावहरु,केन्द्रले प्रवास शाखाहरुलाई गरेको विभेद गुनासोहरु पनि पुर्व घेदुङको अध्यक्ष पर्शुराम तामाङ समक्ष राख्नु भएको थियो । यसैगरी तामाङ समाजको सल्लाहकार तथा संस्कार संस्कृति विज्ञ कुमार मोक्तान तामाङले आफुहरुले परदेश भुमिमा रहेर पनि आफ्नो जातीय संस्कृति पहिचानलाई उत्तिकै माया गरिरहेको र हर तवरबाट जोगाउन सबै दाजुभाइ दिदीबहिनीहरु नै लाग्नु पर्ने पनि बताउनु भयो । मन्तव्यकै क्रममा सल्लाहकार सुमन वाईबा तामाङले अबको दिनहरुमा तामाङ दाजुभाइ दिदिबहिनीहरु पनि हरेक कार्यहरुमा पछि हट्न नहुने र समाज र समुदायको लागि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर एक ढिक्का भै अधि बढ्नु पर्ने बताउनुभयो । यसैगरी अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्ष निमा योञ्जन तामाङले आफुहरुलाई बधाई तथा शुभकामना प्रदान गरिरहदा अझै समाज र समुदायको लागि झनै जिम्मेवारी बोध भएको अनुभव संगसंगै पीडित जनजातिहरुको हकहितको लागि आफू कहिल्यै कर्तव्यलाई नभुल्ने वचन व्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमारले पनि तामाङहरुको एकतालाई समाज रूपान्तरको उदाहरण दिनु हुँदै तामाङ समुदायकै प्रभावसाली नेता पर्शुराम तामाङले समाजमा देखाएको अतुलनीय कार्यहरुको प्रसंसा गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि नयाँ शक्तिको नेता पुर्व घेदुङको अध्यक्ष पर्शुराम तामाङले विगत देखि वर्तमान परिस्थिति सम्मा आफुले तामाङ समुदायको लागि उठाएको कदमहरुको बारेमा खुलस्त गर्नुभएको थियो। तामाङहरुको हक अधिकार , ताम्सालिङ प्राप्तिको लागि , संस्कार संस्कृति पहिचानको लागि आफू कहिल्यै पनि नझुक्ने र सदैव संघर्ष गरिरहने पनि उहाँले बताउनुभयो । हिजोको दिनमा तामाङहरु टुटिखेलमा ल्होछार मान्नलाई घर घरमा खोज्नु पर्ने स्थितिको तितो अनुभव सुनाउँदै अब त्यो स्थिति नरहेको र साँच्चिकै तामाङहरु आफ्नो जातीयताको सवलमा परिपक्व भएको अनुभव पनि उहाँले सुनाउनु भयो । अबको तामाङहरु संस्कार संस्कृति र सामाजिक कार्यमा मात्रै हैन अब राज्य संचालनको लागि राजनीतिमा पनि तम तयार हुनुपर्नेमा उहाँको अडान सुनाउनु भयो। प्रवासी तामाङ समाज कतारले गरेको मान सम्मान कदरलाई कहिल्यै बिर्सिन नसकिने र प्रवासी संघ संस्थाहरुको तितोमिठो गुनासो सल्लाह सुझावहरुलाई तामाङ घेदुङ केन्द्र समक्ष पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो उहाँले ।
अन्त्यमा कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष तिर्था थिङ तामाङले सबै उपस्थित संघ संस्थाको प्रतिनिधिहरु र सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको विसर्जन गरेको थियो ।