पुनरत्थानबादी शक्ति नेपालका प्रमुख नेता शेखरजङ्ग रायमाझीले सरकारद्वारा प्रस्तुत बजेटले अहिलेको सत्त संरचनालाई थेग्न नसक्ने बताएका छन।
उनले फेसबुकमा स्टाटस जारी गर्दै अहिले मुलुकमा स्वास्थ्य संकट पर्नुका साथै आर्थिक स्तरमा गिरावट आएको छ।मजदुर बिपन्न बर्गका नागरिकहरुलाई दिन प्रतिदिन समस्या त छदैछन।छिमेकी राष्ट्र बिस्तारबादी भारतको हेपाहा प्रबृत्ति हाबी भएको छ।यो अवस्थामा सम्पुर्ण राष्ट्रबादी शक्तिको दबाब आन्दोलनका कारण सरकारले नयाँ राजनितिक र प्रशासनिक नक्सा त जारी गर्यो तर निसान छापमा समाहित गर्न पछि हटेको समेत आरोप लगाएका छन।उ
उनलेफेसबुकमा जारी गरेको स्टाटस जस्ताको तस्तै:
अहिले मुलुकमा स्वास्थ्य संकट,मानविय संकट र अर्थतन्त्रको संकट ले पिरोलीरहेको थियो, तर छिमेकी राष्ट्र भारतले हाम्रो लिपुलेक, कालापानी,लिम्पियाधुरा आफ्नो नक्सामा पारि सम्प्रभुताको दावि गर्दै चिन छिचोल्ने उध्येस्यले बाटो निर्माण गर्दै मिडिया मार्फत सारा दुनियाँलाई उद्घाटन देखाउदै निर्ममतापुर्वक हड्पेको स्थितिले सम्पुर्ण नेपाली जनमानसको मन मुटुमा घाउ तुल्याइदिएको छ।
हाम्रो कथित गणतन्त्रको सत्ताले हामीले धेरै पहिले देखि दिएको नक्सा र दबाबको बाबजुद नयाँ नक्सा सार्वजनिक त गर्यो तर निसाना छापमा समाविष्ट गर्ने प्रक्रियाबाट पछि हटेको छ अर्थात संसदको कार्यसुचिबाट गायब छ नक्साको प्रकृया!
यो दुर्भाग्यपूर्ण, बिस्मात कार्य श्यामशरण जस्तो नेपाल राष्ट्रको एकताको आधार राजतन्त्र उन्मुलनगर्ने र नेपाललाई कहिल्यै स्वाधीन र समृद्ध हुन नदिने षड्यन्त्रको प्रतक्ष्य कुपात्रको काठमाडौं आगमन र परिचालन पश्चात भएको छ।
हामीले हिजो देखि कि नेपालमा प्रजातन्त्र, लोकतन्त्रको नाममा भएको आन्दोलन र तथाकथित जनयुद्ध बाह्यशक्तिको प्रायोजन र परिचालनमा हुँदै आएको हो,यो नेपाल राष्ट्रको स्वार्थ र नेपाली सर्वसाधारणको हितमा होइन ,छैन भन्दै आएका हौ।हामीले यो पनि भनेका थियौं कि यि गणतन्त्रवादी जनताको नेता दाविगरेतापनि यि बिदेशीका मतियारहरु हुन,बिकिसकेका दलाल दास हुन,यिनले निजि स्वार्थमा जुन् बार्हबुँदे सहमति दिल्लीमा गर्न पुगे, जब नेपालको पावरसेन्टर दिल्ली पुराए तब राष्ट्र कमजोर भयो ।
हो हामीले अनुभुति गरेको त्यो पिडा आज आम दाजुभाई दिदीबहिनीहरुलाई अनुभुति र असह्य महसुस भइरहेको छ।
यतिखेर सिमानाको बिषयमा दलाल सत्तासिनहरु गुपचुप छन र अर्को एमसिसि जस्तो राष्ट्रघाती आयोजना संसद्बाट अनुमोदन गराउने चाल र षडयन्त्रको चक्कर चलाउदै छन।
संविधानको ब्यबस्था बमोजिम जेष्ठ १५गते १४खर्ब ७४अर्बको बजेट ल्याएको देखियो ।यो बजेट अव्यवहारिक, परम्परागत ,पुनरुत्थानहिन र बर्तमान चुनौती संबोधनबिहिन छ।झन कार्यान्वयन पक्ष त हतोत्साहीपुर्ण नै देखिन्छ ।
महङ्गो सत्ता संरचनाबाट आहत परिस्थिति त यो बजेटले सम्बोधन गर्ने औकात थिएन र नजरअन्दाज गरेको छ नै ,पोहर जस्तै बजेटको आकार पनि घटाउनु पर्नेछ किनकि अनुदान ६०अर्ब५२करोड, बैदेशिक ऋण २खर्ब ९९अर्ब५०करोड, राजस्व ८खर्ब ८९अर्ब६२करोड र आन्तरिक ऋण २खर्ब २५अर्ब अनुमान गरेका छन।जुन कम्तीमा पनि २खर्ब नपुग हुन जानेछ,अझ कोरोना महासंक्रमण फैलँदोको कारणले रेमिट्यान्स, घरेलु उत्पादनको कमिले बैदेसिक भुक्तानी असन्तुलित भै आयातमा संकट सिर्जना हुन्छ ।पर्याप्त मितब्ययिता अपनाउँने निति पनि छैन।साधारण खर्च नै थेग्न नसकि अर्थतन्त्र पुर्ण असफल उन्मुख हुने संकेत देखापरिरहेका छन् ।
अब देशको बास्तबिक समस्या र संकटबाट उन्मुक्तिको लागि संबैधानिक परिवर्तनबाट, बृहत्तर राष्ट्रिय एकता गर्दै जनताको जिवन रक्षामा मात्र केन्द्रित भइ , तात्कालीक, मध्यकालीन र दिर्घकालिन कार्ययोजना बनाई सकारात्मक पहल गर्न जरुरी छ।हैन यो समयको चुनौती र सम्बेदनशिलतालाई नजरअन्दाज गर्दै ,सम्बोधन नगर्ने हो भने,नेपाली जनताले आफ्नो र आफनो राष्ट्रको हिफाजत र आगामी भाग्य र भविष्यको कोलागि बर्तमान दलाल पुँजिवादी सत्ता र पतित असफल यि नेतालाई जनताको महाआन्दोलनको आँधीबेहरीले बढार्नेछ।
अहिले मुलुकमा तेश्रो मुलुक, भारत र स्थानिय बेरोजगार गरेर झण्डै असिलाख बेरोजगार हुनेछन र झुटको खेती गरिरहेका अनैतिक भ्रष्ट शासन र यस्का कर्ताहरु देश र जनताका सत्रु हुन र उनिहरुको आक्रोसको केन्द्रमा हुनेछन!चेतना भया!!