मुग्लानी खबर
२६ जून २०१७
इस्लामिक हरुको महान पर्ब इद अल फितरको पुनित अवसरमा कतारको अलखोर स्थित बारुवा श्रमिक स्टूडियममा ट्राक्श युवा ग्रुपले आयोजना गरेको बृहत खुल्ला फुटबल टुर्नामेन्ट हिजो इदको पहिलो दिन साँझ ६ बजे सुरु भएको छ । ट्राक्श ग्रुपका अध्यक्ष प्रविन घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याख्थुम्बा रहेका थिए त्यस्तै बिशेष अतिथिहरुमा नेपाल भुजेल समाजका अध्यक्ष नियम ब. भुजेल सन्ध्याग्रुपका संरक्षक बिष्णु केशी र अतिथिहरुमा एल.बि.टीका अध्यक्ष बिष्णु राई, सन्ध्याग्रुपका संस्थापक अध्यक्ष तथा चलचित्र निर्देशक सुरज तामाङ, समाज सेवीहरु प्रकाश श्रेष्ठ. दिल्ली ढकाल, टेकनारायण, भबिलाल र सन्ध्या ग्रुपका सल्लाहकार बिजय यादब रहेका थिए ।
उक्त खेलको ब्यानर रिबन काटेर प्रमुख अतिथि सभापती र बिशेष अथितीहरु बाट उद्घाटन गरिएको थियो भने औपचारिक कार्यक्रममा राष्ट्रिय गानबाट शुरु भई स्वागत मन्तब्य सस्थाका सचिब मिनकुमारले राखेका थिए । कार्यक्रममा मन्तब्य दिने क्रममा बिशेष अतिथि निम भुजेल र बिष्णु के.सीले प्रबाशमा रोजगारीको लागी हामि आएको भएपनी यसरी बिबिद चाडपर्बको अबसरमा नेपाली दाजु भाईहरु मिलेर आपसमा खेल हुन् र आयोजना गर्नु अत्यन्तै राम्रो कुरा भएको भन्दै खेल सफलताको शुभ कामना दिएका थिए भने प्रमुख अतिथि बिरेन्द्र याख्थुम्बाले नेपाली युवाहरुमा फुटबल खेल आफैमा लोकप्रिय भएकोले खेल भइरहदा उत्साहसाथ् दर्शकले नियाल्ने हुदा कहिले कहिँ सानोतीनो खेलमा गल्ती कमजोरी हुदा ठुलो बिबाद हुने हुदा त्यस्तो भैपरी आए सबैले खेललाई संयमित भएर खेलको माहोल बनाउन खेलाडी दर्शकहरुको साथ चाहिने बताएका थिए । औपचारीक कार्यक्रमको सचालन सस्थाका बिशेष सलाहाकार रोशन तामाङले र खेलको अवदीभरी उद्घोषण सल्लाहकार नगेन्द्र कुमार बिस्वकर्माले गरेका थिए ।
समय साँझ ६ :३० बाट शुरु भएको खेल रातको १ बजेसम्म भएको थियो । जम्मा सहभागी २० टिम मध्ये पहिलो चरणको ६ खेलमा १२ टिमको खेल भएको थियो भने लालिगुराश टिमको अनुपस्थितीमा रेड्को(B बिजेता घोसित गरिएको थियो । बाकि खेल आज साझ साझको ५:३० बजे देखि हुने कुरा आयोक टोलीका सदस्य रबिन्द्र तामाङले जानकारी गराए । मुग्लानी खबर मिडियाका सम्पादक गणेश छेत्रीले उपस्थित दर्शकहरु माझ सोधेको प्रश्न
खेल प्रसङ्गमा दर्शकहरुले खेलको शुरवात अत्यन्तै शान्त र रोचक रुपमा भईरहेको बताएका थिए । आयोजक टोलीका प्रतीनिधिहरुले मौसमले जसरी राम्रो साथ् दिइरहेको छ त्यसरी नै खेलाडीहरुको अनुसाशीत रुपमा खेल प्रदर्शन गरीरहेका छन् र खेलाडीहरु नेपालमा जिल्ला स्तरदेखी क्षेत्रिय र राष्ट्रिय स्तरसम्म खेलीसकेका खेलाडीहरु खेलमा सहाभागी छन् र खेल निक्कै प्रतिस्पर्दा भएको र त्यसरी नै दर्शकहरुले उत्साहपूर्ण ध्यान दिएर खेलको माहोलमा रौनकता र मनोरञ्जन थपेको बताएका थिए ।
२० टिम मध्ये १२ टिमको ६ खेल बिबरण क्रमश : क्यु कोन VS एच.जी (क्यु कोन बिजय) क्यु कोन VS एच.जी (क्यु कोन बिजय) एच.बी.यस. VS इलामेली (एच.बी.यस.बिजय ) रेड्को बोईज-B VS अलमिस्नाद-B (रेड्को बोईज बिजयी) एस.एफ.शी VS अलमिस्नाद- B (अलमिस्नाद-B विजय ) रेड्को बोईज-A-VS लालीगूराश (रेड्को बजयी )
खेललाई सफल बनाउन एम्पायरको भूमिकामा टेकमान गुरुङ, सुमन गुरुङ, दिवाकर धिमाल, डेबिड मास्के र सुरज श्रेष्ठ रहेका थिए भने लाइन्स मेनमा क्रमशस् मिन बा.परिवार, प्रदिप गुरुङ, बुद्दी गुरुङ, अजय गुरुं, अर्जुन मगर, गोबिन्द लिम्बु र कृष्ण लिम्बु रहेका थिए
तस्विर