वसन्त राज सुब्बा - बिस्वमाहामारी कोरोना भाईरसको वृद्धि नेपालमा पनि तिब्र रुपमा भैइरहेको अवस्थामा मजदुर गरिब तथा अति बिपन्न परिवारलाई झापा कमल गाउपालिकामा दोश्रो पल्ट खाध्यान्न राहत बितरण गरिएको छ।
विश्वभर कोरोनाले संत्रास भई रहेको समयमा हाम्रो देश पनि जोखिम रहेको सन्दर्भमा नेपाल सरकारले थप जेष्ठ २० गते सम्म लकडाउन घोषणा गरीसकेको छ । नेपालमा हाल कोरोना संक्रमित संख्या बढ्दै गरेको अवस्थामा नेपाल सरकारले ज्याला मजदूरी गर्ने परिवारलाई २०७६/१२/२२ गते देखी प्रदेश , स्थानीय सम्म राहत वितरण सुरु भई वितरण गर्दै आएको थियो भने दोस्रो पटक झापाको कमल गाउँपालिका वार्ड ३ मा खाद्यान्य राहत वितरण गरीएको छ।
कमल गाउँपालिकामा ७ वटा वार्डमा ५८ वटा टोल विकास रहेको जसमा आज मिति २०७७ जेष्ठ १२ गते सोमबारका दिन वडा न ३ मा ९ वटा रहेको जसमा टोल टोल मै राहत वितरण चामल १५ केजी , दाल , तेल , नुंन, न्यूटेला गरी २९७ परिवारलाई राहत वितरण गरी सकेको वडा न .३ का अध्यक्ष नर प्रसाद दंगालले बताएका छन । केर्खा बजारका विभिन्न गतिविधिका बारे जानकारी दिदै अध्यक्षले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने कोरोना भाइरस विरुद्ध रोकथामका लागि गत मिति २०७७/२/३ गते कार्यलयमा बसेको बैठक कार्यान्वयन गर्ने सम्बन्धमा थप सतर्कताका अपनाउनको लागि लकडाउनमा कडाइ गर्ने स्थानीय टोल विकास संस्था , बजार व्यवस्थापन समिति र कमल उद्योग बाणिज्य संघ , स्थानीय प्रहरी चौकी समेतलाई जानकारी गराई लकडाउन पूर्णरूपमा पालना गर्न आवश्यक रहेको जानकारी गराएका थिए।
उक्त नियम २,३ दिन सम्म कार्यन्वयन भएता पनि त्यसपछि रोकीएको बताएका छन।त्यसैगरी केर्खा स्कूलमा कोरेंन्टाइनमा कमल गाउँपालिका पालिका वार्ड न. ४ , ७, १ ,६ बाट १२ जना र भारतबाट आएका २ गरी अहिले १४ जना कोरेंन्टाइनमा रहेको कमल गाउँपालिका वडा न. ३ का अध्यक्षले जानकारी दिएका छन ।