देशको भुमी अतिक्रमण भैइरहेका बेला सरकारले राष्ट्र बैंक मार्फत राजाहरुको तस्बिर अंकित नेपाली नोटमा प्रतिबन्ध लगाउनु नेपालीहरुको स्वार्थ भन्दा बिपरित रहेको पुनरत्थानबादी शक्ति नेपालका प्रमुख नेता शेखर जङ्ग रायमाझीले बताएका छन।
नेता रायमाझीले आफ्नो फेसबुकमा एक स्टाटस जारी गर्दै अहिलेको बिषम परिस्थितिमा कोरोना भाईरसका कारणले नै विश्व आर्थिक मन्दी हुनुका साथै बेरोजगार समस्याले आम नागरिक प्रताडित हुने अवस्था छ।आजै काम गरेर भोक टार्ने गरिब बिपन्न बर्गहरु सडकमा आँसु चुहाउदै पसिना बगाउदै हिडिरहेका छन।देशका नागरिकहरु विभिन्न संकटहरुबाट गुज्रिरहेको अवस्थामा यो भयानक प्रलयबाट मुलुक र मुलुकवासीको रक्षा र उनिहरुको भाग्य र भविष्यकोलागि सम्पुर्ण नेपाली ऐक्यबद्ध हुन अपरिहार्य रहेको बताएका छन।
हेर्नुहोस फेसबुकमा जारी स्टाटस जस्ताको तस्तै:
नेपाल सरकारले राष्ट्रबैंक मार्फत राजाहरुको तस्बिर अङ्कित नेपाली नोटमा यतिबेला प्रतिबन्ध लगाएको छ।यो समय देशको भुमि अतिक्रमण भएको र नेपाली जनमानस आफ्नो भुमि छिमेकी राष्ट्रले हड्पेको हुनाले आहत छन र प्रतिक्रिया स्वरूप आन्दोलित छन।
ठिक अहिले नै बिश्वव्यापी महाव्याधि कोरोना विश्वभर महासंक्रमणको रुप लिइरहेको छ।यो क्रमश हाम्रो मुलुकमा पनि सल्किएको छ ,हजारौ नेपाली संक्रमित भएका छन् र रोग बढ्दो छ। यही रोगको कारणले विश्वब्यापी मन्दि शुरु भएको छ अनि पचासौँ लाख नेपाली पनि बेरोजगार भएका छन।पर निर्भर अर्थतन्त्रका कारण मुलुकमा उत्पादन र रोजगारी सुन्य प्राय पारियो, फलस्वरुप खाध्यान्न संकट सन्निकट देखिदै छ।समाजवाद उन्मुख भनिएको अर्थतन्त्रले बिपन्न र श्रमजीवीलाई गिज्याइरहेको छ।आजै काम गरेर भोक टार्नेहरु सडकमा आँसु चुहाउँदै, पसिना बगाउंदै भौतारिएका बग्रेल्ती भेटिन्छन् ।विश्व स्वास्थ्य संगठनले रोग परिक्षण, ट्रेसिङ्ग,क्वारेन्टाइन, आइसोलेसन भनेपनि दुईतिहाईको कम्युनिष्ट सरकारले स्वत्वहिन लकडाउन बाहेक प्रयाप्त सजगता अपनाएको देखिदैन ।अचेतन र अबिकसित समाज रहेको हाम्रो नागरिकलाई प्रयाप्त सचेतनाको प्रयास पनि गरिएका छैनन् ।जानकारहरू भित्रभित्रै भुसको आगो जस्तो रोग सल्किएको अनुमान गरिरहेका छन। सरकारले न समयमा परिक्षण सामग्री, न चिकित्सक स्वास्थ्यकर्मी, न पिपिइ बन्दोबस्त गरिरहेको छ ,न गुणस्तरीय परिक्षण सामग्री न औषधिको बन्दोबस्त गरिरहेको छ।अझ कमिसन र कमाउनको चक्करमा जनस्वास्थ्यमा खेलबाड गर्दै जगहसाइ गरेको देखियो । प्रधानमन्त्री छिमेकी मुलुकहरु संग कुटनितिक कौसलताको साटो छुद्रता प्रकट गरिरहेका छन।राज्यसचालनको तौरतरिका बेढङ्गको छ।नागरिकको माथामा भयानक ऋणको भार पारेका छन अचाक्लि उच्च करको बोझ थामिनसक्नु छ।महङ्गि, अभावले जनता आक्रान्त छन।
अब अब्यबस्थित लकडाउनले जकडिएका नागरिक कुनैपनि बेला ज्वालामुखी जस्तो बिद्रोहको विस्फोट हुने संकेत देखापरिसकेको छ।यो आँधीबेहरी आउने वा विस्फोटन हुने भन्दा पहिलेको मुर्दाशान्ति हो।
तसर्थ यो भयानक प्रलयबाट मुलुक र मुलुकवासीको रक्षा र उनिहरुको भाग्य र भविष्यकोलागि सम्पुर्ण नेपाली ऐक्यबद्ध हुन अपरिहार्य छ।
यो राष्ट्रको निर्माता, अभिभावक, नेपाली माटोमा सदासर्वदा समर्पित सदाचारी राजा ज्ञानेन्द्र र हामी देशभक्त राष्ट्रवादी शक्ति ,बृहत राष्ट्रिय एकताको पक्षमा छौ।तर राजाको तस्विर अंकित नोट प्रतिबन्ध गर्ने निर्णय नेपाली स्वार्थ भन्दा विपरित छ ।यो नेपालीजनताको बृहत राष्ट्रिय एकताको चाहना र भावनामा कडा प्रहार हो, आक्रमण हो।
जय देश!,जय राष्ट्रवाद!!