नारायण सुवेदी नीलसागर सेवा आश्रममै बस्नुहुन्छ । आश्रमका वृद्धवृद्धा, बालबालिकालाई खाना तथा औषधि खुवाउने, नुहाइधुवाई गर्न सहयोग पु¥याउने काम सुवेदीको दिनचर्याभित्र पर्छ । अहिले भने सुवेदीलाई आश्रमका वृद्धवृद्धा र बालबालिकाको बिहानबेलुकाको हातमुख जोर्ने जोहो कसरी गर्ने चिन्ताले सताउने गरेको छ ।
‘अमन’ पोखराको एसओएस बालग्राममै हुर्किनुभएको हो । पोखरा—३ नदीपुरमा जन्मिनुभएका अमनले त्यहीँबाट स्नातकसम्मको शिक्षा हासिल गर्नुभएको हो । जन्मेको केही महिनामै आमाको निधनपछि बुवाले अर्कै श्रीमती लिएर हिँडेकाले उहाँलाई स्थानीयवासीको सहयोगमा एसओएस बालग्राममा पु¥याइएको थियो । विसं २०५६ देखि नेपाल टेलिकममा सहायक व्यापार अधिकृत अमन जागिरकै सिलसिलामा विसं २०६५ मा नेपालगञ्ज आउनुभएको हो । अनाथालयमा हुर्किनुभएका अमन आप्mनो घर र आश्रम दुवै चलाउनुहुन्छ ।
कोभिड—१९ को महामारीपछि जारी बन्दाबन्दी लम्बिँदै गएपछि मुठ्ठीदानबाट सञ्चालन हुँदै आएको नीलसागर आश्रममा दाताको पहुँच घटेपछि अमनले कर्मचारीको हैसियतबाट नेपाल टेलिकमबाट पाउनुभएको कर्मचारी सुविधाको रकम रु पाँच लाख आश्रमकै लागि खर्चिनुभएको छ । यसका अलावा आप्mनो मासिक तलबको केही प्रतिशत रकम पनि अमनले आश्रमका लागि छुट्याउनु भएको छ । अमनको यो सेवाकार्यलाई उहाँकी धर्मपत्नी यशोदा कुँवरले पनि सघाउनुभएको छ । अमनको व्यक्तिगत आर्थिक लगानीले आश्रमको खर्च धान्न पर्याप्त भने छैन । बन्दाबन्दीले दाताकोे पहुँच घटेपछि आश्रमलाई खर्च पु¥याउने अहिले हम्मेहम्मे परेको छ । प्रदेश नं ५ सरकारको मानवापेक्षी सडकमुक्त कार्यक्रम अनुसार बाँकेका विभिन्न स्थानवाट उद्धार गरिएका बेसहारा, असहाय, ज्येष्ठ नागरिक र बालबालिकालाई अहिले नेपालगञ्जस्थित नीलसागर सेवा आश्रममा राखिएको छ । यसका साथै बाँकेको कोहलपुर र बर्दियामा समेत आश्रमको शाखा सञ्चालनमा रहेकाले अहिले खर्च पु¥याउन निकै ठूलो चुनौतीको सामना गर्नुपरेको सुवेदी बताउनुहुन्छ ।
नितान्त मुठ्ठीदानबाट चलेको आश्रमसम्म दानवीरहरुको पहुँच लकडाउनले घटाएपछि नेपालगञ्जको आश्रममा आश्रित ६० मानसिक समस्या भएका वृद्धवृद्धा, नाबालकसहित २५ बालबालिका र सडकवाट उद्धार गरिएका तीन सुत्केरीका लागि बिहानबेलुकाको खानपान र औखतीमूलोमा खर्चको समस्या परिरहेको छ । यसका लागि कोहलपुर आश्रमका २५ मनोसामाजिक अवस्थाका वृद्धवृद्धा र बर्दियाको आश्रममा रहेका १५ जना ९० वर्ष उमेरमाथिका वृद्धवृद्धाको लालनपालनमा चुनौती थपिएको छ ।
लकडाउनका कारण दाताबाट पर्याप्त सहयोग नपाएपछि चामल, दाल, नून, तेल, चिया, चिनी, चाउचाउलगायत खाद्य पदार्थ र ओखतीमूलोको संकट आश्रमलाई परेको संस्थाका सुवेदीले राससलाई बताउनुभयो । उहाँका अनुसार केही समयअघि दाङ्गको भालुवाङ्ग, बर्दियाको चिसापानी र प्युठानबाट सडकमा अलपत्र तीन गर्भवतीले आश्रममा सन्तान जन्माएपछि उनीहरुको स्याहारको चुनौती पनि थपिएको छ । साथै आश्रममा मानसिक असन्तुलन भएकाहरुलाई नियमित औषधि सेवन गराउनुपर्ने तर नेपालगञ्ज बाजारमा नपाइने समस्याले पनि अहिले पिरोल्दै लगेको छ ।
नेपालगञ्ज, कोहलपुर र बर्दियामा भाडाका घरमा सञ्चालित आश्रमले दुई महिनाको घरभाडा पनि तिर्न नसकेको सुवेदीले बताउनुभयो । केही समयअघि उच्च अदालत नेपालगञ्ज—दाङ्ग इजलासका न्यायाधीश पवनकुमार शर्मा न्यौपानेले रु ५५ हजार ५५५ र न्यायाधीश ऋषिराज अधिकारीले रु ५१ हजार १५१ सहयोग गरेपछि आश्रमलाई केही राहत भएको छ । सुवेदीका अनुसार आश्रमका आश्रितलाई लागि खाना, खाजा, औखती र अन्य गरी झण्डै रु तीन लाख खर्च आवश्यक पर्छ । यी सबै खर्च मुठीदानकै सहयोगमा हुने गरेकामा अहिले त्यो घटेकाले आश्रमलाई खर्च धान्न ठूलै चुनौतीको सामना गर्नुपरेको छ । ‘हामीले स्थानीय सरकारका पदाधिकारीलाई सहयोगका लागि पटकपटक हारगुहार गरे पनि अहिलेसम्म कसैले सहयोग गरेका छैनन्’, सुवेदीको गुनासो छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले शुक्रबार आश्रममा आएर वृद्धाहरुलाई प्याड, सेनेटाइजर, मास्क जस्ता सामग्री उपलब्ध गराउनुभएको छ । ‘यस्ता सामग्री पनि चहिन्छ, तर अहिले स्थानीय तहले खाद्य सहयोग पो दिनुपर्ने हो’, सुवेदीको भनाइ छ ।
नेपालगञ्जमा २०७३ सालमा बर्दियाका समाजसेवी सरिता खनाल र सुवेदी मिलेर स्थापना भएको नीलसागर सेवा आश्रमले शुरुखनती चरणदेखि नै असहाय, अशक्त तथा सहाराविहीनलाई सडकबाट उद्धार गर्दै आएको छ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको नीलसागर सेवा आश्रमको शाखा कार्यालय हाल बाँके(कोहलपुर), सुर्खेत, दैलेख, बर्दिया(गुलरिया) र दाङमा समेत विस्तार गरिएको छ । आश्रमसँग अहिले ती जिल्लामा आप्mनो भवन छैन । सबै शाखा कार्यालय भाडाका घरमा स्थापना गरिएको छ ।