प्रायजसो मानिसको बिहानै चिया पिउने बानी बसेको हुन्छ ।जस्मा पनि बिहान उठ्ने बित्तिकै खाली पेटमै चिया पिउने बानी अधिकतम मानिसहरुको हुने गर्दछ।तर यदि खाली पेटमा चिया पिउने हो भने निम्नानुसारको रोगहरु उत्पन्न हुन सक्छन।
खाली पेटमा चिया पिउँनाले एसिडिटी उत्पादन हुन सक्दछ। किनकि यसमा भएको टेनिन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता गम्भिर रोग लाग्छन् ।
# प्रोस्टेट क्यान्सर – खाली पेटमा चिया पिउनाले पुरुषलाई प्रोस्टेट अर्थात ग्रन्थीसम्बन्धी रोग लाग्न सक्छ । यो धेरै अध्ययनबाट पत्ता लागेको कुरा हो ।
# चिडचिडापन – खाली पेटमा चिया पिउँनाले प्राय थकान वा चिडचिडापनको समस्या देखिने गरेको छ ।
# ग्यासको समस्या – खाली पेटमा चिया पिउनाले पेटमा ग्यास जम्न थाल्छ ।
# शरीरमा असर – खाली पेटमा चिया पिउँनाले शरीरमा प्रोटिन र अन्य पोषण पदार्थको अवशोषण ठीक तरिकाले हुन पाउँदैन, जसले हाम्रो शरीरलाई प्रभावित गर्छ ।
# वान्ता – चियामा टेनिन पाइन्छ, खाली पेटमा चिया पिउँनाले टेनिनका कारण कहिले काँही वान्ता हुने समस्या हुन्छ ।
चियाको विकल्प के हुनसक्छ?
तपाईलाई चिया खाने बानी परिसकेको भने एकैपटक चिया खानै छाड्न गाह्रो हुन्छ । त्यसैले चिया दिनका थोरै मात्रामा पिउने गरौं । साथै चियाको सट्टामा कागती पानी पिउने बानी गर्नु उपयुक्त हुन्छ ।