सुनिता मोक्तान तामाङ
जनता समाजवादी पार्टी,नेपाल”का प्रवास सङ्गठन समिति नेपाली समाज (NESO) इजरायलको ऐतिहासिक प्रथम वार्षिकोत्सव कार्यक्रम हुने भएको छ ।
यस विसंम परिस्थितिमा चाहेर पनि प्रत्यक्षरुपमा भौतिक उपस्थितिका साथ कुनै कार्यहरु गर्न सम्भव नभएकोले विज्ञानले दिएको संचारका नवीनतम प्रविधिको प्रयोग गरि ZOOM ONLINE मार्फत अगाडी बढ्ने सामुहिक निर्णय भए सङ्गै प्रथम वार्षिकोत्सव कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
नेपाली राजनीतिमा बैकल्पिक शक्तिकोरुपमा स्थापित “जनता समाजवादी पार्टी,नेपाल”का प्रवास सङ्गठन समिति नेपाली समाज (NESO) इजरायलको ऐतिहासिक प्रथम वार्षिकोत्सव कार्यक्रम “समुन्नत सङघीय समाजवाद जिन्दावाद,१०+१ पहिचानको प्रदेश हाम्रो संकल्प,नेपाली राजनीतिमा जनता समाजवादी पार्टी नेपाल,अबको विकल्प” भन्ने मुख्य नाराका साथ प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङकाजी शेर्पाको प्रमुख अतिथ्यमा,प्रवास विशेष प्रदेश समितीका अध्यक्ष धन गुरुङज्युको विशेष अतिथ्यमा र विश्वका २० देशमा स्थापित प्रवास नेपाली समाज (NESO) का अध्यक्षहरुको अतिथ्यमा इजरायलमा क्रियाशील राजनीतिक, धार्मिक,सामाजिक,संगठन,संघ,संस्थाहरु,अनलाईन मेडिया कर्मी बन्धुहरुको गरिमामय उपस्थितिमा कार्यक्रम गर्ने लागिएको हो ।
यहि आउदो ठिक मिति १५ जुन २०२० सोमबार नेपाली समय ६:३० बजे साझं इजरायली समय ३:३० बजे दिउसो ZOOM ONLINE CONFERENCE र संगठनको PAGE बाट LIVE (प्रत्यक्ष) प्रसारण गरि भव्यताका साथ मनाउने निर्णय गरिएको नेपाली समाज (NESO) इजरायलका महासचिव अनिला मोक्तान तामाङले जानाकारी गराए ।
साथै कोभीड-१९ कोरोना भाइरस महामारीका कारण विश्वका लाखौ मानबले अकालमा नै ज्यान घुमाउन परेको यस दु:खत विसंम परिस्थतिमा मृतात्माहरुको चिरशान्तिको कामना गर्दै,लाखौ संक्रमितहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै,यथाशिग्र कोभिड-१९ को भ्याक्सिन तयार होस् भन्ने कामना गर्दै दिनरात नभनी आफ्नो ज्यानलाई जोखिम राखी आरोहत्र खटिनु हुने सबै डाक्टर,नर्स,स्वस्थ्कर्मी,सुरक्षाकर्मी र संचारकर्मी बन्धुहरुमा नेपाली समाज(NESO)ijइजरायल परिवार हृदय देखि नै हार्दिक धन्यवाद ज्ञापन गरेको प्रबक्ता समिर लामा ह्योल्मोले बताए ।