कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ३६० जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ५१ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ४६६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २१८ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ११३ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १५३, स्पेनमा १०४ र फ्रान्समा ९६ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १५ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८१६ जनाको ज्यान गएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ४७,२२,२३३ १८,१३,०२० ३,१३,२६६
१. युरोप १७,६१,४२४ ७,५६,३७५ १,६१,६७८
२. उत्तर अमेरिका १६,६२,८३२ ४,२२,६३० १,०१,९५०
३. एसिया ७,८०,०७९ ४,४६,१८८ २४,३४२
४. दक्षिण अमेरिका ४,२५,१६५ १,४७,१७२ २२,४३६
५. अफ्रिका ८३,३६५ ३२,१०७ २,७२६
६. ओसेनिया(अस्ट्रेलिया) ८,६४७ ७,८९७ ११९
दक्षिण एसियाली मुलुकहरु
१. भारत ९०,९२७ ३४,२२४ २,८७२
२. पाकिस्तान ४०,१५१ ११,३४१ ८७३
३. बंगलादेश २०,९९५ ४,११७ ३१४
४. अफगानिस्तान ६,४०२ ७४५ १६८
५. श्रीलंका ९६० ५२० ९
६. माल्दिभ्स १,०७८ ५८ ४
७. नेपाल २९१ ३६ १
८. भुटान २१ ५ –