पृष्ठभुमी
चीनको प्रसिद्ध शहर हुवानबाट देखा परेको अत्यन्तै घातक भाइरस (जसलाई कोरोना अथवा कोभिड्–१९ (Covid-19) नामाकरण गरिएको छ) प्रारम्भमा त्यहा“का केहि बासिन्दाहरुमा यदाकदा देखिएको थियो । सत्रंmमणकालको प्रथम चरणमा यो रोग पहिचान गर्न धेरै कठिन भएकाृ थियो र धेरै चिकित्सकहरुको लगातार मेहनत बमोजिम अन्ततः भाइरसको नाम पत्ता लगाउन सफल पनि भयो तर दुर्भाग्यवश केहि समय अध्ययन र अनुसन्धानमै खर्चिएको कारणले गर्दा संक्रमित बिरामीहरुलाई रोगको प्रकृती अनुरुप जुन किसिमको बिशेष सुरक्षा र सतर्कता अपनाउनु पर्ने हो त्यो समयमै हुन नसक्नु नै बिश्वको लागि दुर्भाग्य सावित भयो र विश्व नै यस बिसम परिस्थितीबाट चुकेको छर्लङ्ग हुन्छ ।
तथापी बिश्वभरिका कथित शक्तिशाली राष्ट्रहरु एबम नेताहरु, धनाढ्य एबम समाजसेवीहरु, विद्धान एबम अनुसन्धान कर्ताहरु,सुचना प्रणाली एबम सञ्चार जगतका स्वतन्त्रता लगायतका अनेकौ माध्यमहरु पनि एकाएक तरिकाले यस्ता महामारीलाई आºनो बशमा ल्याउन धौ–धौ परिरहेको देख्दा हामीलाई लाग्छ कि अबका भविष्यको बारेमा यकिन गर्न जो कसैलाई सजिलो हुन्छ जस्तो लाग्दैन तर यो विसम परिस्थितीले सबैलाई एउटा महाज्ञानरुपी पाठ चाहि सिकाएको छ र यो एउटा आमुल परिवर्तनको लागि अमुल्य मोड (Turning Point) पनि हो ।
प्रारम्भिक अवस्था तथा चीनले खेलेको भुमिका :
मानविय दर्शनको ब्याख्या गर्दा पनि हामीलाई विभिन्न अहकांर र उद्वेगहरुको उत्पन्न हुन्छ र यो मानविय चारिक्रिक गुण हो । यसैलाई आधार मान्ने हो भने कोरोना भाइरस् उद्गम स्थलको बारेमा प्रमाणविहिन टिकाटिप्पणीहरु ब्यक्ति पिच्चे अनेकौ देखे हुनुमा यो स्वभविक नै थियो । कतिपय सञ्चार माध्यमहरुले त खुलेरै बोले कि यो रोग कुनै किसिमको भाइरस नभई मानब निर्मित एक शक्तिशाली हतियार हो पनि भने । यो भाइरसको बारेमा खण्डन र ब्याख्या अहिलेसम्म कै धेरै गरिएको मध्यमा पहिलो हो ।
जव चीनलाई विश्व स्वास्थ्य सगंठन (WHO) द्धारा कोरोना भाइरसको उद्गम स्थल (Epic Center) को रुपमा नामाकरण दिए, त्यसभन्दा अगावै त्यहा“का सरकारी निकायहरुले अनेकौ बिधि तथा व्यबधानहरुको लागु नगरेको होइन जसमा मुख्य गरि सञ्चार माध्यमहरुलाई अफ्वाह समाचार सम्प्रेषणमा कैंची लगाए । कोरोना भाइरस सम्बन्धि सर्बसाधारणहरुलाई जानकारी दिएको अभियोगमा चीनको स्थानीय प्रहरीले डिसेम्बर ३० तारिख, २०१९का दिन डाक्टर ली वेनलीएङ सहित सातजना डाक्टरहरुलाई पक्रेर जनमानसलाई भ्रमपुर्ण जानकारी दिन प्रतिबन्दका साथ कानुनी कारबाही पनि गरियो । अहिले Corona Virus Whistle-blower Doctor Li Wenliang को विश्वले नै सम्मान गरेको छ र पुनः चीन सरकारले फेब्रवरी ७ तारिख २०२० का दिन निधन पश्चात डाक्टर ली वेनलीएङलाई सहिद घोषणा गरेको जानकारी Business Insider पत्रिकामा प्रकाश पारेको छ । यो साच्चिकै अपोकल्पित बिषयमाथिको कदम थियो ।
एकातिर दिन प्रतिदिन भाइरसबाट संक्रमितहरुको सख्यां गुणात्मक औसतमा बृद्धि भइ रहेको थियो त अर्कातिर कडाईका साथ यस रोगको लक्षण र घातकताको आधारमा पहिचान गर्न केहि ढिला भएको कारणले नै संक्रमणको रºतार अत्याधिक हुदै देश तथा बिदेशमा फैलन थाल्यो । सामान्यतया प्रारम्भमा यस्तो अवस्था हुनु स्वभविक नै पनि हो । समस्त कदम तथा जिम्मेवारीको आधारमा ब्याख्या गर्ने हो भने चीन सरकारले औसत भन्दा धेरै माथिको निर्णयहरु गरि अति प्रभावित बासिन्दाहरुलाई स्वस्थ्य सेवा प्रदान गरेको हो । त्यसरी नै त्यहा“को सयंन्त्रहरुलाई अत्यन्तै शुक्ष्म तरिकाले लागु गर्ने, निरन्तर निग्रानी राख्ने, आवश्यक स्वस्थ्यसग“ सम्बन्धित सामग्रीहरु उपलब्ध गराउने, हरेक नाकाहरुमा आवात जावतका लागि नाकाबन्दी (Travel Restriction) र प्रभावित सम्पुर्ण शहरलाई पुर्ण रुपले बन्द (Lockdown) गरि भरपुर नियन्त्रणको लागि प्रयास गरे त्यो एउटा प्रशंसनीय नै रह्यो । यसै क्रममा (Corona Virus Outbreak) कोरोना भाइरसको संक्रमणका कारण धेरै स्वास्थ्य क्षेत्रका डाक्टर तथा नर्सहरुले पनि जीवन गुमाएको खबरले जो कोहिको मनलाई चिसो तुल्याउछ ।
तथापी चीनले जसरी विश्वलाई केहि न केहि नया“ र अचम्मित हुने कामहरु गरेर विश्वलाई नै चकित बनाउने गर्छ त्यसरी नै यस महामारीमा पनि १० (दश) दिन भित्र एक हजार जना क्षमता भएको अस्पताल स्थानीय सुरक्षाकर्मीहरुको सकृयतामा निर्माण गरि आपतकालिन अबस्थालाई पनि सामान्य तवरमा विश्व सामु सक्षमता देखायो । त्यसरी नै चीनले सन् २००३ मा सार्स रोगको महामारी ताकामा पनि सात दिन भित्र अस्पताल निर्माण गरि आºनो रेकर्ड राखी सकेको थियो । कोरोना संक्रमणले सम्भवत उवान शहर भुत घर जस्तै भइ सक्दा पनि उनीहरुको मनोबलमा कहिल्यै कमी देखिएन यो अर्को महत्वपुर्ण पाटो थियो । चीनले अहिलेसम्म गरेको बिकास र अबिस्कारका सबै किसिमको उपलब्धिहरुलाई प्रभावकारीका साथ प्रयोगमा ल्याउनु पनि अर्को बुद्धिमानी थियो । जस मध्ये स्वचालित उपकरणहरु जस्तै धारा, ढोका तथा Σयाल, गेटहरु बिना हात काम गर्ने, औषधी बोक्ने रोबट लगाएत प्रविधिको अत्याधिक प्रयोग, हरेक ब्यक्तीहरुलाई कम्प्युटर एप्सद्धारा निरन्तर निगरानी, सामाजिक दुरी तथा सुरक्षित स्वस्थ्यको निम्ति अपनाइएको नियमहरु अत्यन्त कडाइ र मैत्रीपुर्ण तरिकाले लागु तथा पालना, स्वस्थ्यकर्मीहरुको योगदान र उपचारका प्रभावकारी उपकरण पद्धतीहरु नै प्रशंसनीय स्तरको विश्वले नै देखेको छ । चीनको लागि यो एउटा नैतिक चुनौती नै थियो कि उनीहरुको गल्तिले बिश्वका कुनै पनि राष्ट्र वा ब्यक्ति हताहत नहोस् र तत्अनुरुप हवाई मार्ग, जल मार्ग, थल मार्ग र सबै सिमानाहरुबाट तत्काल आवत जावतमा रोक लगाइयो ।
महामारीको केही अवतरणहरुमा आइ पुग्दा चीनलाई बिभिन्न तर्कले अपव्याख्या गर्ने त बिश्व भरी नै थियो अझ अपशोस त जव विश्वका शक्तिशाली राष्ट्रहरुबाट पनि यस्ता लाल्छनाहरुको प्रहार भयो धेरैलाई लाग्ने गर्दथ्यो कि यसमा केहि सत्यता छ तर अहिले तिनै राष्ट्र उल्टै चीनको सहयोग थापी रहेको र अवस्था भयावहबाट पनि धेरै तल पुगी सकेको देख्दा साच्चिकै यसले सबैलाई पाठ सिकाएको छ ।
विश्वले भोगेको बर्तमान अवस्था :
सम्भवतः बिश्वको यो पहिलो इतिहास हो जुन बिगतका धेरै महामारीहरुले यो स्तरको पाठ सिकाएको थिएन होला कास भोगाई र गुमाइएकाहरुसग“ तुलना नगरौं । बिश्व अर्थतन्त्र नै डम्माडोल अवस्थामा पुगेको यो विसम परिस्थिती अत्यन्तै अकल्पनीय छ । जव विश्व स्वास्थ्य संगठन (WHO) ले जनवरी महिनामा प्रथम पटक प्रेस मिट मार्फत विश्वलाई नै आपतकाल घोषणा गरियो तब नै एक सय पचासी भन्दा बढी देशहरुमा यो महामारीबाट ग्रसित भइ सकेको थियो र यो घोषणास“गै अधिकाशं देशहरुले महामारी न्युनीकरण एबम उन्मुलन गर्नका खातिर पुर्ण बन्द (Lockdown) को घोषणा गरि थप सक्रियताका साथ सतर्कता अपनाइयो । तथापी यस कदमले महामारी उन्मुलनस“गै बिश्वमै धेरै बिषयहरुमा संकट र अभावहरु पनि एकाएक पैदा भयो जसमध्ये अर्थ तन्त्र गिरावट नै मुख्य रह्यो ।
बिश्व अर्थ सकंटलाई हर तरहबाट स्थिर रुपमा राख्न मुख्य गरि रोजगारीको धेरै ठुलो भुमिका रहेको हन्छ र यो अवस्थालाई हालै अमेरिकाले एउटा रिपोर्ट पनि सार्वजनिक गरेको छ ।
अर्थ तन्त्रको अर्को मुख्य खम्बा भनेको उद्योग–व्यवसाय तथा आयात–निर्यात पनि हो जसका कारण देशले आर्थिक अवस्थालाई मजबुद बनाउने हो तर बर्तमान अवस्थामा यस्ता किसिमको सबै क्षेत्रहरु बन्द गर्नु पर्ने बाध्यताले पनि बिकासको तिब्रतामा ह्रास आउने प्रष्ट हुन्छ ।
यस्ता याबत बिषयहरु नै बर्तमान परिस्थितीको मुख्य कारण बनेको छ । तसर्थ यस चुनौतीलाई पुनः सामान्य अवस्थामा फर्काउन सरल र निकट भविष्यमै सम्भब भने हुदैन । अहिलेको भयावह अवस्थाबाट गुज्रि सके पछि अझ धेरै अºठेरा र चुनौतीहरुको सामना गर्नु पर्नेमा हामी प्रस्ट हुनू जरुरी देखिन्छ । यो भयावह अवस्था भन्नाले बिश्व र राष्ट्रहरु मात्रै पर्दैनन्, तपाईं हामीहरु नै मुख्य गरि अग्र पक्तिंमा हुनेछ । हरेक देशको अवस्थालाई गरिब देखि धनी तथा शक्तिशालीसम्मको स्तरमा पु-याउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सर्वसाधारण जनताको पहुच, आम्दानी र जीवनचर्याले नै मुख्य भुमिका खेलेको हुन्छ । भलै केहि सिमित माफियाहरुले यस आपतकालिन बाध्यतालाई प्रयोग गरि कमजोरीको फाईदा उठाउन सकिएला तर त्यो राष्ट्र र राष्ट्रियता प्रतिको घातक उपज हो । समय एउटै लवजमा दौडने घोडा होइन यो त केबल हजारौ धक्का र ठक्करसहित बग्ने नदी जस्तै हो, सहजता र अनुकुलतालाई परिस्थिती अनुसार स्विकार्दै जाने हो ।
बिश्वभरिको अवस्थालाई यथार्थ ऐनामा राखेर हेर्ने हो भने आगामी दिनहरु थप कठिन र सकंटहरु बिच फड्को मार्नु पर्ने हुन्छ तर त्यो सजिलो र सहज भने पक्कै छैन । बिशेष गरि उपभोग्य सामग्रीहरुको उत्पादन क्षमतामा भारी ह्रास आइ सकेको छ र अहिलेको बजार पुरानो सामानको भरमा मात्रै सञ्चालन भएको हो, उत्पादनमा निरन्तरता नभएको कारण नै मुल्य बृद्धिको कारण बन्छ त्यो पक्का हो । तसर्थ बिश्व बजार पुनः सामान्य रुपमा अबतरण हुनको लागि मानबीय मनोबैज्ञानिकतामा चुडिएको आशा एबम सकारात्मक सोचको पुर्नजन्म गराउन सक्ने बातावरण तयार हरेक देशमा गर्न सकिए मात्र अबिलम्व सम्भव छ । अन्यथा क्यानाडाका प्रधान मन्त्रि जस्टिन ट्रिडीउले भने झै स्थितीलाई समानान्तरण रेखामा (Flatten the Curve) ल्याइ पु¥याउन कठिन हुनेछ । एबमरितमा राजनैतिक उतारचढाबले पनि धेरै राष्ट्रहरुमा सर्बसाधारण जनताहरु नै सिकार हुन सकिने अन्दाज बिश्वभरि भई रहेका राजनैतिक माहोलको गन्दले नै प्रष्ट पारेको छ । मानब इतिहासमा महामारी अहिले मात्र आएको होइन यो त बिगतमा शताब्दीहरुमा पनि धेरै भोगेको छ जुन तल उल्लेखित गरिएको छ ।
बिश्वले ब्यहोरीसकेको अहिलेसम्मका ह्दयबिदारक महामारीहरुको नाम :
१. प्लेगु (ब्लाक डेथ) (१३४७–१३५१)
२. डेग“ु भाइरस (१५४५–१५४८)
३. कोलेरा महामारी (१८१७–१८२४)
४. ताइफुस महामारी (१८४८)
५. स्मलपोक्स (१९७७)
६. स्प्यानिस ºलु अथवा इन्ºलुएन्जा (१९१८–१९२०)
७. एच. आइ. भी. भाइरस (१९८१ देखि)
८. सार्स भाइरस (२००२–२००४)
९. स्वाइन ºलु (२००९–२०१०)
१०. इबोला भाइरस (२०१३–२०१६)
अबको बिश्व भबिष्य र आगामी जीवनचर्याका कल्पना :
जीवन परिबर्तनशील छ साथै अनेकौ आस्था, बिश्वास, भरोसा र प्रतिबद्धताले नै परिबर्तितीय सोचको पैदा हुन्छ र बिकासशील फड्कोको लागि हरेक मानिसले सफलता प्राप्त गर्न रफ्तारको तय गर्छ । उदेश्य र सोच अनुरुपको उन्नती र प्रगती पनि छाल जस्तै देखिने हो । दि एसिएन ड्रागनका सि. इ. ओ. डान लोकले भनेका छन कि अबका जीवनचर्या अकल्पनीय तवरले छलाङ्ग मार्नेमा ठोकुवा गरेका छन । यतिमात्र नभई विश्वलाई नै हामी धेरै फरक तवरले बुझ्नु पर्ने कुरा प्रष्ट्याउछ । जीवन शैलीमा परिबर्तन, बजारीकरणको नौलो सकंल्प र तरिका, राजनैतिक तथा कुटनैतिक सयंन्त्रमा विबिधता, उत्पादक एबम ब्यवसायीहरुको फरक उदेश्य, नोकरी एबम सेवामा फरक दृष्टिको अपेक्षा,आर्थिक एबम सामाजिक भुमिकाको अन्तरदृष्टि र फरक सकंल्प लगाएतका बिभिन्न विषयहरुमा बिकसित ढंङ्गबाट अबको बिश्वले यात्रा तय गरिनेछ ।
अर्को महत्वपुर्ण बिषय भनेका बर्तमान परिस्थितीलाई मध्य नजर गरि महामारीको कारण बनाई जो कोहि पनि सुत्न खोज्छ भने पक्कै पनि त्यो सामाजिक जीवनसग“ पुर्ण दायित्ववान छैन भन्न सकिन्छ । यस भनाईलाई दुइटा अर्थमा नजाओस् जुन अहिले कोरोनाको महामारीबाट बच्न लगाइएको सयंन्त्रको प्रावधानलाई नै भनेर बुझाउन खोजेको होइन । भनाईहरुलाई अर्थपुर्ण बनाइ बुझने हो भने अहिले बिश्व नै बन्द र आपतकालिन अवस्थामा छ तर पनि हामीहरुले घरमै रहेर सम्भावित सम्भावनाहरुको पहिचान गरि समस्याको निराकरण एमब अबसरलाई हातमा लिन सक्यौ भने जीवनचर्या कुनै किसिमले ओझेलमा पर्ने छैन । दैनिक अवसरहरु नौलो रङ्ग लिएर हाम्रा अगाडी आइरहने छ समयानुरुप सोच र बिचारलाई प्रयोगात्मक बनायौ भने यस्ता जुन सुकै ब्ययव्यवधानहरु आएर केहि हुने छैन । सकारात्मक सोच र तेजिलो मनोबल नै समस्याको हल गर्न सक्ने अस्त्र हो ।
बिज्ञानको दु्रुत गतिमा देखिएको यो उपलब्धिहरुका बावजुद पनि मानब जीवनका आधारभुत महत्वकाक्षंका केहि हिस्सा आवश्यकता बाहेक अन्य केही पनि सन्तोषजनक प्रतिफलहरु सकारात्मक रुपमा दिल खोलेर महशुष गर्न सक्ने गरि वातावरण छेन र आधुनिक बिज्ञानका कायापलटबाट अझै धेरै ब्यक्तीहरु अक्मकिन्छ अनि तर्सिन्छ । अझ यसलाई गहन र महत्वपुर्णका साथ मनन गर्ने हो भने तपाई प्रष्ट हुन समय नलाग्ला । अर्को शब्दमा भन्दा यसबाट प्राप्त लाभलाई छोडेर बेफाइदाका बिषयमा पनि मनन ग-यौ भने प्रष्टीकरणको निम्ति निबन्ध भने झै आवश्यक नपर्ला । अझ यस प्रसङ्गले जो कोहिलाई पनि दुबिधाको दुधमा पौडी खेल्ने पक्कै देखिन्छ तर अपसोचहरु नगन्य हुन्छन् । एकैछिन कल्पना गरौ कि बिश्व मानबविहिन (The world without humans – Zero population) भयो भने के होला ? मानब जगत नै नहुने होईन, मानबसग“ भगवानले दिएको हरेक बस्तुहरुको अन्तर सम्बन्ध रहेको हुन्छ साथै कृतिम बिकासको उपलब्धिहरुको अवस्था पनि एबमरितमा सम्बन्धित भएकोले गर्दा अन्य ग्रहहरु कै मान्यता पाउनेछन् ।
तसर्थ अबको बिश्व भबिष्य र आगामी जीवनचर्याका बिषय अत्यन्तै संवेदनशिल छ र चुनौती पुर्ण पनि भएकोले हिजो जुन तरिकाले जीवन चलेको हो त्यसरी अबका दिनहरुमा सम्भव छैन । हिजो समाज जसरी चलेको थियो अबका भावी दिनहरुमा त्यसरी कदापी हुने छैन । बिगतमा झै अबका दिनहरुमा राजनैतिक, सास्कृतिक, आर्थिक, धार्मिक लगायतका बिषयहरुलाई समयानुसार केलाएरमात्र अबका दिनहरुमा अगाडी बढ्यौ भने मात्र आधुनिक बिश्वको परिकल्पनास“गै रमाउन सकिनेछ । तर असम्भव चाहि होइन समयको मागस“गै सोच र सकंल्पलाई बदल्ने आदतको बिकास गर्नु पर्ने हुन्छ ।
कोरोना पश्चात नेपाल र नेपालीको भबिष्य
नेपाल एउटा भुपरिबेष्ठित राष्ट्र हो जहा“ बिश्वको उच्च हिमालयहरु देखि चुरे भा“वरको भुमि ओगटेको तराईसम्म फैलिएको बहु (बहु जात, बहु धर्म, बहु संस्कृती, बहु भेष लगायत अन्य सबै) शब्दको मिश्रित बर्णमालामा सजिएको देश हो । किरा“ती राज्यकालिन अवस्था देखि अनेकौ राजनैतिक व्यवस्थाहरुको यात्राभोग गरि बर्तमान स्थितीसम्म आइपुग्दा वास्तबमा नेपालको अबको भविष्य अझै यकिनका साथ कसैले निर्देश गर्न सक्छ जस्तो लाग्दैन । विशेष गरि नेपाल राजनैतिक चपेटामा पर्नु र फलस्वरुप चतरचढाब भइ रहनु नै मुख्य कारक तत्व हो । साथै चीन र भारतका बिचमा हाम्रो देश पर्नु र सामुद्रिक तटहरुको कतै मिलन नहुनु पनि अर्को भौतिक दुर्भाग्य हो भन्दा अतियुक्ति नहोला । तथापी नेपाललाई अहिले सघिंय लोकतान्त्रिक गणतन्त्र नेपाल (Federal Democratic Republic of Nepal) को नामले परिचय दिन पाउदा“ नेपाल परिबर्तनको दौड्मा छ जस्तो महशुष हुन्छ ।
यस बिसम परिस्थितीमा बिश्वमा भई रहेको अत्यास लाग्दो अवस्था भन्दा नेपाल कोरोनाको संक्रमणबाट अझै न्युन अवस्थामा रहेकोमा हामी भाग्यमानी ठान्न सकिन्छ भलै दैनिक देखिदै गरेको बढ्दो संक्रमित संख्याहरु त छदैछ । बिश्वको अनुपातमा यो निकै कम र भयरहित रिर्पोट हो । यस बिषयमा पनि धेरैले आ–आºनै अड्कल बाजिका ब्याख्याहरु गरेको पाइन्छ । अहिलेको बिश्व परिस्थितीलाई हेर्दा प्रारम्भिक चरणको आवश्यक सुरक्षाका पहल कदमीहरुले नै मुख्य भुमिका खेलेको देखिको छ जुन नेपालले श्रोत, साधनको प्रयोग गरि उन्मुलनका निम्ति खटि रहेको छ । तर राज्यको यहि कदमले यस महामारीलाई जित्न सकिएला भन्ने कसैले नसोचौ कि जबसम्म एउटा इमान्दार जनताले गर्नु पर्ने जिम्मेवारीको कसैले बहन गर्दैन भने । मुख्य गरि त“पाईं हामीहरुको नै बिशेष भुमिका रहनेछ जवसम्म बिश्वले आधिकारिक औषधी मिल्दैन ।
वास्तवमा कोरोना पश्चात नेपाल र नेपालीको भविष्यकोबारेमा गहन तवरले सोच्ने हो भने यकिन अन्दाज गर्न सजिलो छैन । नेपालको अर्थतन्त्रलाई धान्नको लागि रेमिटयन्सले धेरै ठुलो भुमिका खेलेको छ तर अबका दिनहरुमा बैदेशिक रोजगारको भबिष्यमा पनि धेरै ठुलो तरिकाले धक्का लाग्ने छ र यो बिषय प्रवासमा रोजगारी गरिरहेको धेरै युवाहरुले अहिलेदेखि नै सोचेर बस्दा राम्रो हुनेछ । यसको मुख्य कारण नै बिश्व अर्थतन्त्रको मन्दीस“गै ब्यापार व्यबसायहरु धरासयीमा पर्नु नै हुनेछ । नेपाल एउटा यस्तो सानो देश हो जहा“ अहिले पनि पर्याप्त आम्दानी र रोजगारीका ढोकाहरु खुलेको छैन र अर्का कै आयातित बस्तुहरुमा निर्भर हुनू पर्ने भएकोले पनि अर्थतन्त्रको अवस्था भयाबह हुन समय लाग्दैन र महंगी र कालो बजारीले प्रशय पाउदछ । तसर्थ नेपालले अविलम्ब अर्थतन्त्रसंगै जनताको स्वस्थ्यलाई यथोचित सुरक्षित राख्ने हो भने अहिले देखि नै क्रमिक रुपमा राष्ट्रिय उदेश्यसहित कदम चाल्न सक्नु पर्छ जसमा कोरोना भाईरसलाई निर्मुल पार्न सशक्त कदम चाल्ने (Steps for Covid-19 Outbreaks), दैनिक उपभोग्य र आवश्यकीय सामानहरुको लागि आशिंक रुपमा अनुमति पत्र दिएर सेवा दिने (Permission to open food grocery and pharmacy with high precautionary measure), बैदेशिक रोजगारमा भएकाहरु जो स्वदेश फर्किन चाहेकाहरुको लागि निश्चित हद निर्धारण गरि फिर्तीका लागि पहल गर्ने र स्वदेश फर्काउने जुन अहिले भारत लगायतका अन्य देशहरुले खाडी मुलुकबाट स्वदेश फर्काउने काम गरिरहेको छ (Rescue of migrant worker for their safe life), उत्पादन र कलकारखानाहरुलाई काम सुचारुको बातावरण दिलाउने (Providing possible support to business & Industries) जस्ता प्रथम चरणका महत्वपुर्ण कदमहरु हुनेछ ।
यस यावत विषयहरु प्राथमिकताका हिसावले मात्र बुΣन सकिन्छ तर दुरदर्शीता योजनाका लागि (Sustainable Economic Growth)चाहि नेपालले देहाय बमोजिमका क्षेत्रलाई बिशेष प्राथमिकता र राष्ट्रिय योजनाका पक्तिंमा राख्न सकेमा मात्र राष्ट्रले आर्थिक सकंटका ब्यवधानहरु अनायासै ब्यहोर्नु पर्ने छैन ।
१. कृषी क्षेत्रलाई प्राथमिकता, जहा“ लगभग ६५ प्रतिशत ब्यक्तिले रोजगारी पाएका छन भने ३१.७ प्रतिशतले अर्थ तन्त्र धानेको छ ।
२. जडिबुडीलाई स्वदेशमै उत्पादित बस्तुमा विकास गरि आर्थिक स्थितीलाई मजबुद गराउने ।
३. जल परियोजनाका सबै खाले परियोजनाहरुलाई (जस्तै : जल बिद्युत, पिउने पानी सस्थान आदि) कम्तीमा ५१ प्रतिशतको लगानी राज्यले नै गर्ने ।
४. अन्तराष्ट्रिय लगानीहरुलाई सकेसम्म प्रोत्साहन गर्ने तर मुख्य आधारको बुझाइमा नबस्ने ।
५. पर्यटकीय क्षेत्रहरुको आधुनिकीकरणमा बिकास गरि सर्बसुबिधा एबम सहजताका आधारभुत पक्षहरुको निर्माण गर्ने ।
६. उच्च शिक्षाका निम्ति स्थापित शैक्षिक महाबिद्यालयहरुलाई अन्तराष्ट्रिय मापदन्डसगै“ बिश्वस्तरका शिक्षा प्राप्त गर्न सक्ने संस्थामा बिकास गर्ने ।
७. दैनिक उपभोग्यका हरेक सामानहरु (FMCG Goods) नेपालमा बनेको नै बजारमा प्रबर्दन गर्न सरकारी निकायबाट निरन्तरता दिने ।
८. निम्नबर्ग या सामान्य नेपाली जनताहरुको लागि हरेक प्रदेशको हरेक वडाहरुमा सरकारी मातहातका साथै अति सुपथ दरमा दिने पसल वा स्टोरहरुको सञ्चालन गर्ने ।
९. आयात भन्दा निर्यातलाई प्राथमिकतामा राख्ने जस्तै : जल बिद्युत, कच्चा पदार्थहरु, नेपाली उत्पादनहरु आदि)
१०. बैदेशिक रोजगारीका लागि बिश्व बजारको मापदण्ड अनुसारको आबश्यक तालिम र शिक्षा नितीको परिमार्जन गरि रेमिट्यान्सको बृद्धी गर्न भुमिका खेल्ने ।
११. बितिय प्रणालीमा केहि परिमार्जन जस्तै सुलभ व्यापारिक कर्जाको नियम, बास–कपासको अधिकार जसमा बिशेष गरि घर तथा जग्गाको किनबेच भाउलाई सरकारी प्रावधान अनुसार अत्यन्तै सस्तोमा उपलब्ध गराउने ।
१२. शिक्ष्ाँ र स्वस्थ्यमा कुनै किसिमको अबरोधमुलक प्रावधान नराखी शतप्रतिशतमा निःशुल्क गर्न ब्यवस्था गर्ने ।
१३. एबमरितले धेरै प्राबधान र अवसरहरु छन् जसलाई मुख्य श्रोतको रुपमा पहिचान गरि राष्ट्रहित र जनमुखी बनाउन सकिन्छ ।
कोरोना भाइरस (Covid-19) को बिश्व संक्रमणले मानबीयताको नगन्य दार्शनिक अभिभाराहरु ग्रहण एबम दायित्व स्विकार गर्न सिकाएको छ र यो एउटा ऐतिहासिक परिबर्तनको अवसर पनि हो भन्दा अतियुक्ति नहोला । तसर्थ यस महामारीबाट नकरात्मक पक्षहरुको अनाहक बर्णन र सस्तो चर्चाका निम्ति मानिसहरुको मनोबललाई असर पर्ने खालका भ्रामक जानकारी बिषय नबनाऔं, यो एउटा मानवीय विपतीका घडी हो । हामी बिश्वको जुन सुकै बस्तीमा रहे पनि सबै सयंम र सामाजिक दायित्व निर्वाह गर्दै सकारात्मक सोचका साथ बसौं ।