आज अन्तर्राष्ट्रिय दिवस हो।यो दिवस अङ्ग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन बिस्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ।
परिवार एक सामाजिक संगठन हो जुन पारस्परिक समर्थन र समन्वयको साथ कार्यान्वयन भएको छ र ती सबै सदस्यहरू प्रेम, स्नेह र भ्रातृत्वको साथ आफ्नो जीवन बिताउँछन्। संस्कार, गरिमा, सम्मान, समर्पण, सम्मान, अनुशासन, आदि कुनै पनि सुखी र समृद्ध परिवार को गुण हो। कुनै पनि व्यक्ति परिवारमा जन्मेको हुन्छ, ऊ चिनिन्छ र परिवारबाट राम्रो र नराम्रो लक्षणहरू सिकाउँछ। परिवारले सबै मान्छेलाई सँगै राख्छ र सबै दु: खमा एक अर्कालाई सहयोग गर्दछन्। यो भनिन्छ कि परिवार भन्दा ठूलो कुनै धन छैन, त्यहाँ बुबा भन्दा ठूलो कुनै सल्लाहकार छ, आमाको जेनिथ भन्दा ठूलो कुनै संसार छैन, भाइ भन्दा राम्रो साथी छैन, बहिनी भन्दा बढी शुभ छैन, त्यसैले परिवार बिना जीवन यो कल्पना गर्न गाह्रो छ। बच्चाको चरित्र निर्माणबाट राम्रो व्यक्तित्व व्यक्तिको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्छ।
अन्तर्राष्ट्रिय परिवार दिवस एउटा ब्यक्तिवको जिवनमा परिवारको अहम भुमिका र महत्वलाई स्मरण गर्दै हरेक बर्ष मे १५ तारिखका दिन बिस्वभर मनाउदै आएको छ।एउटा परिवार भित्र सामन्यतया हजुरबुवा,हजुर आमा,बुवा ,आमा दाज्यु भाइ दिदिबहिनी हुने गर्दछन।बिस्वको क्रमिक बिकाश र संघर्ष मात्र नभई जिवनमा ठूलो महत्वाकांक्षा भएर मान्छे परिवार देखि धेरै टाढा रहेको हुन्छ।उ जहाँ सुकै रहेपनी बिज्ञान र प्रबिधिको फड्को सङै ठुलै परिबर्तन भएपनी परिवारको माया ममता आसिर्बाद् साथ सहयोगको औधी खाचो हुने गर्दछ। मान्छे बिकाशको गतिशीलता सङ्गै अलि क्रूर ,सागुरो सोचको भैइसकेको छ।हाम्रो वैदिक मान्यताले "बशुधैव कुटम्बकम" भन्दछ।
संयुक्त राष्ट्र संघले दिवसको यो वर्षको नारा परिवार, स्वस्थ जीवन र दीगो भविष्य तय समेत गरेको छ ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो ।
परिवार दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले दीगो विकास लक्ष्य हासिल गर्न परिवारका काम गर्न सक्ने क्षमताका सबैको उत्तिकै भूमिका रहने बताएका छन । उनले परिवारकै पहलबाट गरिबीविरुद्ध लडेर दीगो विकास लक्ष्य हासिल गर्न ढोका खोल्न सकिने विश्वास गरिएको बताएका छन ।आज यो महान दिन विश्व परिवार दिवसको अवसरमा बिस्वभरीका मानवहरु सम्पुर्ण मा शुभकामना ।।